तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
सिन्दूर नेपालमा धेरै लामो समयसम्म चल्ने चलचित्र हो । यो २०३४ मंसीर १० गतेदेखि चल्न शुरु गरेकोमा लगातार ६ महिनासम्म चलेको थियो ।
दर्पण छायाँ उपत्यकाभन्दा बाहिर पहिलो पटक सय दिन मनाउने चलचित्र हो ।
वसन्ती २०५७ सालभित्र उपत्यकामा प्रदर्शित नेपाली चलचित्रमध्ये सय दिन पार गर्ने पहिलो चलचित्र हो ।
तँ त साह्रै नै बिग्रिस् नि बद्री र आफ्नो मान्छे आठ वटा हलहरुमा एक साथ ५१ दिन पूरा गर्ने चलचित्रको रर्ेकर्ड राखेका थिए ।
कुसुमे रुमाल नेपाली चलचित्रको इतिहासमा पहिलो पटक रजत जयन्ती मनाउने चलचित्र हो ।
पहिलो सिनेमास्कोप चलचित्र राँको र यसका निर्देशक किशोर राना हुन् भने दोस्रो सिनेमास्कोप चलचित्र माइली हो ।
नेपाली चलचित्रमा पहिलो पटक दोहोरो भूमिका -डबल रोल) गर्ने कलाकार गोपालराज मैनाली हुन् । उनले जीवनरेखाका लागि बलवीर र वीरबलको भूमिका निभाएका थिए भने राजेश हमालको पहिलो डबल रोल भएको चलचित्र गोपीकृष्ण, कृष्टी मैनालीको लक्ष्मीपूजा र निखिल उप्रेतीको क्रोध हो ।
नेपाल बाहिर बनेको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र हो भने यसका निर्देशक डीबी परियार हुन् ।
निजी लगानीमा पहिलो पटक बनेको चलचित्र माइतीघर हो । जसमा लता मंगेशकरले पहिलो र अन्तिम पटक नेपाली गीत गाएकी छिन् ।
पहिलो चलचित्र सम्पादक -फिल्म एडिटर) तर्ीथलाल श्रेष्ठ हुन् । उनले चलचित्र कुमारीका लागि सम्पादन गरेका थिए । यसअघि भारतीय सम्पादकले नेपाली चलचित्र सम्पादन गर्ने गर्थे ।
भारतको प्रसिद्ध चलचित्र सम्बन्धी प्रशिक्षण दिने फिल्म एण्ड टेलिभिजन इन्स्िटच्यूट अफ इण्डिया पुनाबाट लागि प्रशिक्षण लिने पहिलो नेपाली प्रेमबहादुर बस्नेत हुन् । उनले चलचित्रको पटकथामा सन् १९६५ मा प्रशिक्षण लिएका थिए । उनले कुमारी निर्देशन गरेका थिए र कुमारी पहिलो नेपाली रंगीन चलचित्र हो ।
पुना इन्स्िटच्यूटबाट छायाँकनमा पहिलो पटक प्रशिक्षण लिने छायाँकार वैकुण्ठ मास्के हुन् । नेपालमा पहिलो पटक प्रशोधन र छपाईँ -प्रिन्ट तयार गर्ने कार्य) गरिएको चलचित्र रक्षा हो । नेपालमा पहिलो पटक प्रिन्ट निकालिएका चलचित्र चोखोमाया हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।
नेपालमा पहिलो पटक मिक्सिङ गरिएको चलचित्र प्रतीक्षा हो । यसका निर्देशक राजविक्रम शाह हुन् ।
नेपालभित्रै डबिङ गरिएको पहिलो चलचित्र सिन्दूर हो ।
सबैभन्दा उच्च हिमाली भेगमा छायाँकन गरिएको पहिलो चलचित्र झुमा हो ।
पहिलो पटक विदेशमा छायाँकन गरिएको चलचित्र कस्तुरी हो ।
चलचित्रबाट घाटा भएर त्यसले घरमा तनाव भई विष खाई आत्महत्या गर्ने पहिलो निर्माता नवीन केसी मानिन्छ । जसले माइतीघर बन्नुअघि नै कहीँ दियो कहीँ बत्ती चलचित्र बनाउने प्रयास गरेका थिए । तर चलचित्र बनाएर नै घाटाका कारण आत्महत्या गर्ने पहिलो निर्माता रक्षा चलचित्रका मोहन वैद्य हुन् । उनले २०५० साल कात्तिक २ गते विष खाई आत्महत्या गर्न पुगेका थिए । उनलाई पछ्याउँदै २०५१ साउन १९ गते संकल्प चलचित्रका निर्माताले आत्महत्या गरेका थिए ।
गायक उदितनारायण झाले नेपाली चलचित्र निर्माण गरेका थिए । २०४४ सालमा निर्माण शुरु गरिएको पिरती नामक उक्त चलचित्रमा उदित स्वयम् तथा नवीना श्रेष्ठ, गौरी मल्लको भूमिका थियो भने चलचित्रलाई चन्द्रप्रकाश घिमिरेले निर्देशन गरेका थिए । घिमिरेद्वारा निर्देशित यो पहिलो चलचित्र हो भने उनी चर्चित छायाँकारका रुपमा परिचित छन् ।
गायिका मनीला सोताङले आफ्नो बिहेअघि नै २०४४ सालमा चलचित्र अन्यायका लागि गाएकी थिइन् ।
चलचित्र निर्माता तथा निर्देशकका रुपमा परिचित युवराज लामाले चलचित्र भाग्यरेखाका लागि पहिलो र अन्तिम पटक नृत्य निर्देशकको जिम्मेवारी निभाएका थिए ।
चलचित्र निर्माता उद्धव पौडेलले गीतकारको रुपमा आफ्नो चलचित्र तिलहरीको लागि गीत लेखेका थिए ।
मनीषा कोइरालाले पहिलो र अन्तिम पटक खेलेको नेपाली चलचित्र फेरि भेटौँला हो । उनले त्यस चलचित्रमा खेलेबापत ५० हजार रुपियाँ लिएकी थिइन् । त्यो रकम त्यसबेलाको सबैभन्दा महंगो मानिन्थ्यो ।
शम्भुजीत बासकोटाले पहिलो पटक चलचित्रमा पूर्ण रुपमा संगीत दिएको चलचित्र हो माया । यसअघि उनी शुभबहादुर सुनामसँग मिलेर सङ्गीत दिने गर्दथे । यो जोडीले संगीत दिएको प्रथम चलचित्र के घर के डेरा थियो ।
प्रसिद्ध नाटककार अशेष मल्लले चलचित्रका लागि संवाद पनि लेखेका छन् । उनले पहिलो पटक चलचित्र भाग्यरेखाका लागि लेखेका थिए । पछि चेलीबेटीका लागि सहलेखन गरेका थिए ।
चलचित्र निर्माता निर्देशक युवराज लामाले पहिलो पटक द्वन्द्व निर्देशकको रुपमा चलचित्र विजयपराजयका लागि काम गरेका थिए । लामा कराँतेतर्फा ब्ल्याकबेल्ट उपाधिधारी पनि हुन् ।
अहिले ब्ल्याक लिस्टमा परेका पर्ूव गृहमन्त्री कमल थापाले पहिलो पटक चलचित्रका लागि युगदेखि युगसम्मका लागि गीत लेखेका थिए ।
भारतीय चलचित्रका नामूद कलाकार डेनीले पहिलो पटक नेपाली चलचित्र अन्यायका लागि गाएका थिए भने अन्तिम पटक उनले चलचित्र तृष्णामा गाएका थिए ।
‘मैले नेपाली चलचित्र उद्योगका सबै जनासँग रात बिताएको छु’ भनेर विवादमा परेका निर्माता समुद्र भट्टचनले पहिलो पटक देउकी निर्माण गरेका थिए ।
टेलिभिजनका प्रख्यात कार्यक्रम निर्माता निर्देशक सन्तोष पन्तले पहिलो पटक चलचित्र चाहनाको कथा लेखेका थिए ।
अहिलेका चर्चित चलचित्र निदर्ेशक शिव रेग्मीले पहिलो पटक चलचित्र मोहनीको कथा लेखेका थिए भने उनले पहिलो पटक चलचित्र आफन्तको निर्देशन गरेका थिए । सुमित्रा पौडेल, जो उद्धव पौडेलकी श्रीमती र सयपत्री फिल्म्सकी संस्थापक पनि थिइन्, उनले लगभग १० वर्षो चलचित्र निर्माणको क्रममा जयबाबा पशुपतिनाथ नामक धार्मिक चलचित्रमा मात्र अभिनय गरेकी थिइन् ।
No comments yet.
Leave a Reply
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS