आइन्स्टाइन र न्युटनलाई चुनौती
रिजन कार्की नेपाली किशोर हुन् । रिजनको ‘रिजन’ -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, ‘विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।’ यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६ वषर्ीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् ।
नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन (आइएसडिसी-ISDC) अमेरिकाको फ्लोरिडाको आलान्डोमा May २८ देखि ३१ सम्म हुँदै छ । अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली किशोर रिजनलाई सम्मेलनमा भाग लिन बोलाएको हो । सो सम्मेलनमा रिजनले पावर प्वाइन्टबाट आफ्ना डकुमेन्ट प्रस्तुत गर्ने तयारी गरेका छन् । रिजनको ‘रिजन’ साँच्चिकै प्रमाणित भयो भने उनको मात्र होइन, देशकै ठूलो प्रतिष्ठाको विषय हो । तर, दुःखको कुरा उनी उड्नु एक दिनअघिसम्म उनलाई आफ्नो भ्रमणबारे यकिन थिएन । कारण थियो- पैसा । आर्थिक सहयोगका लागि उनले धेरै सरकारी तथा गैरसरकारी संस्थालाई गुहारे, तर धेरैले उनलाई पत्याएनन् । उनले आशा मारिसकेका थिए तर सहयोग गर्यो नोबल एकेडेमीले । जहाजमा लाग्ने भाडादेखि पकेट खर्चसमेत नोबल एकेडेमीले दिएको छ उनलाई ।
‘केही गर्न खोजेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ रिजनलाई आर्थिक सहयोग गरेका नोबल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने, ‘उनको सिद्धान्त प्रमाणित भयो भने राष्ट्रकै इज्जतको कुरा हो ।’ तर, रिजनसँगै अमेरिका जाने तरखर गरेका शिक्षक पनि आर्थिक स्रोत जुटाउन नसकेर रोकिएका छन् । सम्मेलन अवधिभर नोबल एकेडेमी र अमेरिकामा रहेको दावाली मिलन केन्द्रले खाने, बस्नेदेखि कार्यक्रमस्थलसम्म आवतजावतको व्यवस्था मिलाएका छन् । आर्थिक स्थितिका कारण उनले अमेरिका उड्ने आवश्यक तयारी गरेका थिएनन् । तर, जब आइतबार भ्रमण निश्चित भयो तयारीका लागि उनले धपेडी गर्नुपर्यो ।
सोमबार दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने रिजन एक बजेसम्म नयाँ पाइन्ट किन्न बजारमा भौंतारिरहेका थिए । रिजनसँग कुराकानी गर्न १२ बजे नयाँ पत्रिकाकर्मी नोबल एकेडेमीमा पुग्दा उनी करिब एक घन्टापछि मात्र सो ठाउँमा आइपुगेका थिए । तर, उनी आफ्नो दाबीप्रति ढुक्क छन् । ‘मैले नयाँ सिद्धान्त लेखेको छु, यसले पुराना सिद्धान्तलाई बाइपास गरेको छ,’ रिजनले अमेरिका जानुअघि नयाँ पत्रिकासँग भने, ‘डार्क इनर्जी र डार्क म्याटर हल भएको थिएन, तर मैले गरेको छु । गुरुत्वाकर्षणको नयाँ प्रतिवादी सिद्धान्तमार्फत यो समस्या मैले हल गरेको हुँ ।’ उनले आफ्नो दाबीले अहिले नपाए भविष्यमा सिद्धान्तको मान्यता पाउने विश्वास पनि व्यक्त गरे ।
न्युटनको ‘कुनै दुई आकाशीय पिण्डहरूको गुरुत्वाकर्षण बल ती दुई पिण्डबीचको गुणनफलसँग अनुक्रमानुपातिक र ती दुई पिण्डबीचको दूरीको बलसँग व्युत्क्रमानुपातिक हुन्छ’ भन्ने नियम पूर्ण नभएको दाबी रिजनको छ । त्यसैगरी आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त पनि गुरुत्वाकर्षणसम्बन्धी शक्तिले फैलिइरहेकोे ब्रह्माण्डबारे कुनै व्याख्या नगरेकोले त्यो सिद्धान्त अपूर्ण भएको उनको दाबी छ । रिजनले कक्षा ६ सम्म पूर्वी पडाडी जिल्ला भोजपुरको सरस्वती निम्नमाध्यमिक विद्यालयमा पढेका हुन् । बुबा पेसाले शिक्षक भएका कारण बुबाको सरुवासँगै उनी पनि विराटनगर झरेका थिए । सरस्वती निमाविमा ६ कक्षा पढेका रिजनलाई विराटनगरको बुढानीलकण्ठ स्कुलमा दुई कक्षा घटाएर चारमा भर्ना गरिएको थियो ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS