बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
(डा. सुनिता पराजुली)
पाँच महिनाको एक शिशुलाई दुइ दिनदेखि रुघाखोकीले च्याप्नुका साथै ज्वरो पनि आएको थियो । छिटो-छिटो सास फर्ेने समस्याले पनि सताएकाले उसलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।
अस्पतालको र्इमर्जेन्सी कक्षमा ल्याइएको उक्त शिशुको सास फर्ेने गति तीव्र थियो भने कोखा पनि हानेको थियो । बच्चालाई निमोनिया भएको निदान गरी केही दिन भर्ना गरेर उपचार गरेपछि स्वास्थ्यमा सुधार भएकाले घर पठाइयो ।
यस्तै आठ महिनाको अर्को बच्चालाई एउटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सात दिनदेखि ज्वरो, रुघा, खोकी र पखाला लागेको भनी उपचार गर्न ल्याइएको थियो । जाँच गर्दा बच्चाको श्वास-प्रश्वासको गति अति नै तीव्र रहेको, कोखा हानिरहेको, बच्चा सिता· र सुस्त भएको थियो ।
बच्चा केही खान वा आमाको दूध चुस्न नसक्ने अवस्थामा थियो । उसलाई तत्काल अक्सिजन र बाफ दिनेजस्ता प्राथमिक उपचार गरे पनि नसा नभेटिएकाले नसाबाट औषधि दिन भने सकिएन । शिशुहरु अति बिरामी भएको, पखाला लागेको बेला नसा खोली औषधि दिन गाह्रो हुन्छ । यस्तो अवस्थामा शिशुलाई काठमाडौंको बालअस्पताल वा बढी सुविधा भएको अन्य अस्पतालमा लैजान नै उपयुक्त ठानी बाबुआमालाई सल्लाह दिइयो । तर यो सल्लाहलाई उनीहरुले गम्भीरतापर्ूवक लिएनन् । उनीहरुले उल्टै देवी-देवता रिसाएका हुन्, अस्पतालले केही गर्न सक्दैन भन्दै बच्चालाई फर्काई घर लैजाने निधोे गरे । सुविधा सम्पन्न अस्पतालमा लान नसके त्यही स्वास्थ्य केन्द्रमा भए पनि राखी सक्दो उपचार गर्ने सल्लाह दिँदा पनि शिशुलाई फुकफाक नै गर्ने भनेर गाँउतिरै लिएर हिँडे ।
बच्चाहरुलाई श्वास-प्रश्वासको रोगको लक्षण देखा परेमा समयमै अस्पताल, स्वास्थ्य केन्द्र वा स्वास्थ्य कार्यकर्ताकोमा लगेर उपचार गर्न सकिन्छ । तर जनचेतनाको कमीलगायतका कारणले गर्दा रोग लागे पनि अस्पतालमा ढिला ल्याउने प्रवृत्ति छ । अझ कतिपय ग्रामीण क्षेत्रमा त देवी-देउता लाग्ने र धामी-झाँक्रीले रोग निर्मूल पार्छ भन्ने विश्वास विद्यमान छ । नेपालका कैयन् गाउँमा यसरी सामान्यभन्दा सामान्य उपचार नपाएर थुपै्र बालबालिकाको ज्यान गएको तथ्यांकले देखाएको छ ।
श्वास-प्रश्वास
पाँच वर्षुनिका बालबालिकामा हुने अधिकांश मुत्युको मुख्य कारण निमोनिया हो । श्वास-प्रश्वास रोगको कारणले मात्र विश्वमा करिब २१ लाख बालबालिकाको ज्यान जाने गरेको छ । यसरी मर्नेहरुमा ९० प्रतिशतभन्दा बढी विकासोन्मुख राष्ट्रहरु पर्छन् । नेपालमा करिब २४ हजारभन्दा बढी बच्चाहरु निमोनियाको कारणले मर्ने अनुमान गरिएको छ । बालस्वास्थ्य महाशाखाका अनुसार प्रत्येक वर्षनेपालमा पाँच वर्षुनिका बच्चाहरु करिब पाँच पटक बिरामी पर्छन् भने प्रतिहजार बच्चामा ३ सय जनालाई हरेक वर्षनिमोनिया हुने अनुमान छ । यीमध्ये सबैभन्दा धेरै रोगचाहिँ एक वर्षुनिका बच्चाहरुलाई लाग्ने गरेको पाइएको छ ।
सामान्य रुघाखोकी
रुघाखोकी सामान्य रोग हो । यसमा औषधिको आवश्यकता पर्दैन । घरेलु उपचार गरे मात्र पुग्छ । यसका लक्षणहरुमा खोकी लाग्नु, नाकबाट पातलो सिँगान बग्नुको साथै ज्वरो पनि आउन सक्छ । तर हेलचेक्र्याइँ गरेमा भने बच्चालाई निमोनिया हुन सक्छ । नाकमा सिँगान जमेको भए सफा कपडाको टुक्राले अथवा नुनपानीमा चोबेर सिँगान निकालिदिने, बच्चालाई न्यानो पारिराख्ने तर नगुम्स्याउने, पटक-पटक आमाको दूध खुवाइरहने, ६ महिनाभन्दा बढी उमेरका बच्चामा साबिकभन्दा बढी झोल पदार्थ र खानेकुरा पटक-पटक गरी खुवाउनर्ुपर्छ ।
यसैगरी घाँटीलाई आराम दिन घरेलु उपचार अदुवा, बेसार, तुलसीको पात आदि राखेर पकाएको पानी खुवाउने, बच्चाले छिटो-छिटो सास फेरेको छ कि अथवा उसको कोखा हानेको छ कि भनी हर्ेने, बच्चालाई चिसो, धूलो र धूवाँबाट बचाउने गर्नुपर्छ । यी अति सामान्य लाग्ने घरेलु उपचार गरे बच्चालाई निमोनिया हुनबाट बचाउन सकिन्छ ।
निमोनिया
निमोनिया भनेको फोक्सोको संक्रमण भई हुने रोग हो । नेपालमा बालमृत्युको सबैभन्दा प्रमुख कारण निमोनिया नै हो । छिटो सास फेर्नु निमोनिया भएको बच्चामा देखिने पहिलो लक्षण हो । निमोनिया भए/नभएको थाहा पाउन बच्चाले प्रतिमिनेट कति पटक सास फर्ेछ भनी गन्नर्ुपर्छ । दुइ महिनाभन्दा कम उमेरको बच्चाले एक मिनेटमा ६० वा सोभन्दा बढी पटक सास फेरेमा र दुइ महिनादेखि पाँच वर्षम्मको बच्चाले ५० वा सोभन्दा बढी पटक सास फेरेमा निमोनिया भएको बझ्नर्ुपर्छ । यस्तो भएमा तुरुन्तै स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्ताद्वारा उपचार गराउनर्ुपर्छ । यदि यसो नगरेमा बच्चाको अवस्था ब्रि्रेर कडा निमोनिया भई मृत्युसमेत हुन सक्छ ।
दुइ महिनादेखि पाँच वर्षम्मको बच्चाले छिटो-छिटो सास फेरेमा, कोखा हानेमा, धेरै सुतिरहने अथवा ब्युँझाउन गाह्रो भएमा, झोल कुराहरु पिउन नसकेमा, आमाको दूध राम्ररी खान नसकेमा, कडा कुपोषण भएमा तुरुन्त स्वास्थ्य संस्थामा लानर्ुपर्छ । साथै ज्वरो आएमा, सिता· भएमा, नाइटो पाकेमा र छालामा पीपले भरिएका फोकाहरु भएमा पनि उपचारका लागि स्वास्थ्य संस्थामा लानर्ुपर्छ । समयमै उपचार गरेमा बच्चालाई बचाउन सकिन्छ ।
श्वास-प्रश्वास रोगको रोकथामका लागि परिवारले केही निश्चित उपायहरु अपनाउन जरुरी छ । बच्चालाई एक वर्षो उमेरभित्रै सबै खोपहरुको मात्रा पूरा गर्नुपर्छ । बच्चा ६ महिना नहुन्जेलसम्म आमाको दूध मात्र खुवाउनर्ुपर्छ । त्यसपछि आमाको दूधका साथै थप पौष्टिक खानेकुरा पनि खुवाउन जरुरी हुन्छ । तेल-घिउ मिसिएको खाना, माछा-मासु तथा फलफूल ख्वाउने गर्नुपर्छ । बच्चालाई धूलो, धूवाँ र चिसो वातावरणबाट बचाउने र जाडो वा गर्मीमा सुहाउँदो कपडा लगाइदिने गर्नुपर्छ । बच्चालाई न्यानो गरी राख्नर्ुपर्छ तर हावा आउन, जान सक्ने कोठामा राख्नर्ुपर्छ । बच्चालाई भान्सा भएको कोठामा नराख्ने, मट्टीतेलको गन्धबाट जोगाउने, भान्छाको धूवाँलाई बाहिर निकाल्ने उपयुक्त व्यवस्था गर्ने र बच्चाको सामुन्ने चुरोट-बिँडी खाने गर्नुहुँदैन । त्यस्तै तीनदेखि पाँच वर्षो फरकमा बच्चा जन्माउने गर्नुपर्छ ।
शिशुलाई निमोनियाजस्ता रोगहरुबाट बचाउन र रोग लागेमा उपचार गरी निको पार्न सरकारी तवरबाट केही प्रयासहरु गरिएका छन् । स्वास्थ्यकर्मीहरुलाई श्वास-प्रश्वास रोगका सम्बन्धमा प्रशिक्षण दिने, ग्रामीणस्तरमा सो बारेमा शिक्षा दिनेेेजस्ता कार्यक्रमहरु निकै पहिलेदेखि सञ्चालित छन् ।
यसबाहेक समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम स्वास्थ्य मन्त्रालयअर्न्तर्गत बालस्वास्थ्य महाशाखाले सञ्चालन गरेको छ । यो कार्यक्रममा मुख्यतया निमोनिया समयमै निदान गर्न टाइमरको प्रयोग -श्वास-प्रश्वासको गति पत्ता लगाउन) र निमोनिया भएमा कोटि्रम (Cotrimoxazole) को प्रयोग गर्न स्वास्थ्यकर्मीहरुलाई तालिम दिने गरिएको छ । यो कार्यक्रम यस वर्षेखि ७५ जिल्लामा सुरु भइरहेको छ । स्वास्थ्य कार्यकर्ताहरु स्वयम्ले पनि दिन सक्ने यो औषधिका कारण निमोनियाबाट हुने मृत्युदर कम हुन सक्ने अपेक्षा गरिएको छ ।
बच्चा जन्मने पनि सिजन
जनावरले बच्चा जन्माउने सिजन हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, मान्छेको बच्चा जन्मने पनि सिजन हुन्छ भन्ने कतिलाई थाहा नहुन सक्छ । चिकित्सकका अनुसार मान्छेले बच्चा जन्माउने पनि सिजन हुन्छ । ‘सिजनमा सुत्केरी हुन आउनेहरूको चाप बढ्छ, अफसिजनमा होलो हुन्छ,’ थापाथलीस्थित प्रसूति गृहकी मेडिकल रेकर्ड अफिसर शान्ति वैद्यले भनिन् । उनका अनुसार असार-साउन, मंसिर-माघ बच्चा जन्मिने विशेष सिजन हुन् । त्यस्तै, असोज-कात्तिक, जेठ र पुस महिना अफसिजन भएको उनले बताइन् । प्रसूतिगृहमा बच्चा जन्मने सिजनमा अफसिजन महिनाको तुलनामा दुई/तीन सय बढी बच्चा जन्मने गरेको मेडिकल रेकर्डले देखाएको छ । आर्थिक वर्ष ०६५/६६ को साउन महिनामा प्रसूतिगृहमा १८ सय १८ जना महिला सुत्केरी भएको शाखाले जनाएको छ । भदौ महिनामा १८ सय १७ जना बालबालिका सो अस्पतालमा जन्मिएका छन् । मंसिरमा १७ सय १४ जना बालबालिका जन्मिएको वैद्यले जानकारी दिइन् । त्यस्तै, फागुन महिनामा १७ सय १३ र चैत महिनामा १७ सय आठजना बालबालिका सो अस्पतालमा जन्मिएका छन् । चिकित्सकले अफसिजन भन्ने गरेको कात्तिक महिनामा १६ सय ७५ जना बालबालिका सो अस्पतालमा जन्मिएका छन् । सो संख्या क्याबिन रुममा सुत्केरी भएकाहरूको समेत जोडेर त्यत्ति रहेको वैद्यले बताइन् । त्यस्तै पुसमा १६ सय ४५ जना बालबालिका जन्मिएका छन् । बच्चा जन्मने सिजनको निर्धारण विवाहको सिजनले निर्धारण गर्ने शिक्षण अस्पतालको प्रसूति विभाग लेवर रुम इन्चार्ज संगीता थापाले जानकारी दिइन् । ‘फागुनमा विवाह भएकाहरूले मंसिरमा बच्चा जन्माउँछन्, माघ महिनामा विवाह गर्नेले असार-साउनमा जन्माउँछन्,’ उनले भनिन् । शिक्षण अस्पतालको प्रसूति विभागमा महिनामा दुई सय ५० देखि तीन सय ५० जनासम्म महिला सुत्करी हुने गरेको सो विभागमा कार्यरत सिस्टर कल्पना पियाले बताइन् । शिक्षण अस्पतालको प्रसूति वार्डमा ३० वटामा मात्र बेड रहेको र सिजनमा सुत्केरी हुनेको चाप बढी हुँदा आँखा विभागको केही बेडमा समेत सुत्केरी राख्ने गरेको उनले बताइन् । ‘सिजनमा त हात खालि नै हुँदैन अफसिजनमा भने केही होलो हुन्छ,’ थापाले भनिन् । असोज, कात्तिक, जेठ र पुस महिना सुत्केरी हुने महिलाको संख्या कमी हुने पनि उनले बताइन् । ती महिनामा विवाहको साइत नहुने भएकाले सुत्केरी हुनेको संख्या कमी भएको उनले बताइन् ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS