साथीहरु, नझुक्किनुस् है नझुक्किनुस् !
जुलाई ११ शुक्रबार प्रकाशित साप्ताहिक नामको पत्रिकाको एउटा विज्ञापनमा मेरो ध्यान तानियो। विज्ञापन स्ट्याण्डर्ड वर्ल्ड कन्सलटेन्सी ज्ञानेश्वरले निकालेको रहेछ। त्यहाँ भनिएको छ, पोल्यान्डमा इन्टर्नसिप प्रोग्राम अर्न्तगत काम र ट्रेनिंग गर्न सकिन्छ। काम गरिएवापत मासिक ८० हजार रुपैयाँ + ओटी + लजिङ फुडिङ निःशुल्क। अरु त अरु, कुनै योग्यता र उमेरको हद नभएको भनिएको रहेछ। उक्त कुरा सरासर गल्ती भएको कुरा म निम्न बूँदाहरुद्वारा प्रस्ट पार्न चाहन्छु-
१ म पोल्यान्डमा ५ वर्षदेखि बस्दै आएको हु। यहाँको सत्यतथ्य नेपालीहरुलाई दिनु मेरो कर्तब्य हो।
२ पोल्यान्डका आम कामदारहरूले पनि मासिक ३०० देखि ४०० युरोभन्दा बढी कमाउन सक्दैनन्।
३ अहिलेको मन्दीले गर्दा काम पाउन अति मुस्किल छ।
४ पोल्यान्डमा भाषाको उत्तिकै समस्या छ।
५ मैले एनआरएन पोल्यान्डका साथीहरुलाई सम्पर्क गरेर बुझ्दा त्यस्तो कुनै कार्यक्रम यहाँ सञ्चालनमा नभएको जानकारी आयो। यसको लागि तपाईँहरुले पोल्यान्ड NRN सचिव मित्रलाल पान्डेलाई mlpardey @ yahoo.com मा इमेल गरेर सोध्न सक्नुहुन्छ।
६ यसै गरेर झुक्याएर ल्याइएका नेपालीहरूले पहिला नै निकै दुःख पाइसकेका छन्। पहिला एक कम्पनीको लागि भनेर २० जना चेलीहरुलाई बोलाइएको थियो। ती चेलीहरुलाई ठगियो यहाँका दलालहरुसँग मिलेर। अहिले तिनीहरू यता न उताका भएका छन्। यसरी नै ठगिने नेपालीहरुको सूचि यहाँ लामो छ। यहाँ नेपाली काउन्सुलर अनि एम्बेसी केही छैन।
७. अहिलेसम्म यहाँ आएका नेपालीहरुको संख्या ६००/७०० मध्य धेरै जस्तो अन्य युरोपेली देशमा पलायन भइसकेका छन्।. अहिले पलायन पनि त्यति सजिलो छैन। आजकल निकै कडा गरिएको छ।
८. पोल्यान्डमा आउन चाहने नेपालीहरुले कृपया राम्रोसँग बुझेर मात्र आउन अनुरोध गर्दछु।
ख्यातिको आत्माले शान्ति पाउन्, परिवारले न्याय पाउन्
सुन्दा मात्रै पनि आङ सिरिङ हुने एउटा अत्यन्तै डरलाग्दो हत्याको घटना भएको छ राजधानीमा। कालिमाटीको जेसीआरसी कलेज पढ्ने १९ वर्षकी एक किशोरी ख्याति श्रेष्ठलाई अपहरण गरेको १७ दिनपछि हिजो लाश भेटिएछ। त्यो पनि पापीले पाप लुक्छ भन्ठानेर होला, टाउको र कम्मरमुनिको भाग काटेर खोल्सामा गाडेको रहेछ।

Khyati
आज पूरै काठमाडौँ यो खबरले स्तब्ध भयो। कलेजका केही साथीहरुले सडकमा उत्रेर न्यायको माग गरे। बिचरा उनीहरु। उनीहरुले गर्न सक्ने त्यति मात्रै थियो। तर जनताका लागि राजनीति गरेको भन्ने दलका नेताहरुले एक शब्द बोल्न आवश्यक ठानेनन्। मानौँ, सारा नेपालीलाई मनमा छोएको यो घटनाले उनीहरुको गैँडे छालालाई भेदन सकेको थिएन। कारण, ख्याति कुनै दलकी सदस्य थिइनन् !

Khyati
त्यसैले एउटा सामान्य वक्तव्य निकाल्ने औपचारिकता पनि उनीहरुले देखाउन सकेनन्। उनको हत्यामा संलग्न भनी प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको एक व्यक्ति उनकै शिक्षक रहेछन्। उनलाई पक्रेपछि बल्ल हिजो उनैले देखाएको ठाउँमा खोज्दा लाश भेटिएको रहेछ। नरदेबीमा डेरा गरी बस्ने ४२ वर्षका विरेन श्रेष्ठ (प्रधान) उनलाई ट्युसन पढाउने शिक्षक रहेछन्। क्यानाडामा रहेकी आफ्नी पत्नी र दुई छोरीसँग बस्न केही दिनमा नै उनी त्यहाँ जान लागेका थिए। क्यासिनोमा गएर लाखौँ लाख रुपैयाँ उडाउने कूलत उनमा थियो रे।

Birn Shrestha
अनि हत्यामा संलग्न भनी पक्राउ परेका अर्का चाहिँ १६ वर्षकी मेरिना शाक्य रहिछिन्। आम्मै नि, १६ वर्षकीलाई के त्यस्तो परेछ र यस्तो जघन्य पाप काममा लागिछिन् ! मेरिना र वीरेनले मिलेर हत्या गरेको प्रहरीले बताएको छ।
विराटनगर घर भएकी ख्यातिलाई परिवारले पढाउन कै लागि काठमाडौँ ल्याएका थिए। उनी एक्ली छोरी रहिछिन्। पापीहरुले अपहरण गरेर १० लाख रुपैयाँ फिरौति मागेर पनि पैसा लिइसकेर पनि पोल खुल्ने डरले त्यसरी निर्दयी किसिमले हत्या गरेका रहेछन् ।
नालायक दलहरुको चाला देखियो, अब कानुनले उनीहरुलाई अर्को फेरि त्यस्तै अपराधी जन्मन नसक्ने गरी सजाय दिएन भने यो देशमा जंगली कानुन लागू होला भन्ने डर छ। अनि त्यति बेला भीडले अपराधीलाई कुटी कुटी मार्लान् भन्ने डर छ। जस्तो आज एउटा भीडले गर्यो। यो घटनाको समाचार अन्नपूर्ण पोस्टले छाप्दा “प्रहरीले ललितपुरको बुङगमतीस्थित एक घरबाट एक युवतीको शरीरको गिंड बरामद गरेको छ ” भनेर लेखिदिएछ। बुङ्गमतीका स्थानीय बासिन्दाहरुले आफूहरुलाई बदनाम गराउन खोजेको भन्दै पत्रिका छापिने प्रेसमा तोडफोड गरेर पत्रिका समेत जलाइदिएछन्।
चर्चमा बम विष्फोट; दुई जनाको मृत्यु
काठमाडौं, जेठ ९ - ललितपुर भनिमन्डलस्थित एजम्सन चर्चमा शनिबार बिहान ९ : २० बजे बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। विष्फोटबाट भारत पटनाकी १५ वर्षीया सेलेस्का जोसेफ र पटनाकै ३० वर्षीया दीपा पैत्रिकको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। सेलेस्का सेन्ट मेरिज स्कूलमा १० कक्षामा अध्ययनरत छात्रा हुन्।

Charch - Lalitpur
घटनामा अरु ६ जना गम्भीर घाइते छन्। शनिबार बिहान प्रार्थनाको समयमा गरिएको विष्फोटबाट घाइते हुनेहरुको संख्या १४ भन्दा धेरै छ।
नेपाल डिफेन्स आर्मीले बम विष्फोटको जिम्मा लिएको पर्चा घटनास्थलमा पाइएको हाम्रा सहकर्मी विनोद पान्डेले जानकारी दिएका छन्।
घाइतेको पाटन र अल्का अस्पतालमा उपचार हुँदैछ। चर्चभित्र थप बम भएको शंकामा प्रहरीले केही घण्टा कसैलाई भित्र जान दिएको थिएन। घाइतेमध्ये ९ जनालाई पाटन र ४ जनालाई अल्का अस्पतालमा राखिएको छ।
महिलाले बोक्ने ब्यागभित्र राखिएको बम विष्फोट भएको चर्चमा प्रार्थना गरिरहेका मनोज क्षेत्रीले जानकारी दिए। एक जना महिलाले ब्याग छोडेर शौचालयतर्फ गएपछि विष्फोट भएको हो। क्षेत्रीका अनुसार घाइते हुनेहरुमा अधिकांश महिला छन्। उनले चर्चमा विष्फोट हुनासाथ एक जना मृत्यु त्यहीं भएको जानकारी दिए।
चर्चभित्रै ममतारानी प्राथमिक विद्यालय पनि थियो। १९९५ मा एजम्सन चर्च बनाइएको हो।
विस्फोटपछि प्रहरीले राजधानीका सबै चर्चमा सुरक्षा व्यवस्था कडा पारेको छ। ललितपुर प्रहरीले सबै चर्चलाई तत्काल खाली गर्न निर्देशन दिएको जनाएको छ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS