पुराना बैंकले पनि ब्याज बढाउने
नयाँ खुलेका बैंकले बचतमा ब्याजदर बढाएपछि पुरानालाई पनि वृद्धि गर्नैपर्ने दबाब परेको छ । केही अघिसम्म नयाँ बैंकबीच मात्र रहेको ब्याजदर वृद्धिको प्रतिस्पर्धा अहिले स्थापित भइसकेका बैंकसम्म पुगेको छ । नयाँ बैंकले आवश्यक निक्षेप उठाउन पुरानाको तुलनामा धेरै ब्याज दिन थालेपछि पहिल्यै खुलेका बैंक दबाबमाा परेका हुन् । ६० अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ वैशाखबाट एकवर्षे मुद्दती निक्षेपमा पाँच प्रतिशतसम्म ब्याज दिन थालेको छ । गत १ कात्तिक, २०६५ मा लागू गरेको ३.२५ देखि ३.५० प्रतिशत ब्याजदरलाई बैंकले एकैपटक ३.२५ देखि ५ प्रतिशत पुर्याएको हो । सो बैंकले प्रदान गर्ने हायर पर्चेज कर्जाको ब्याज दरमा समेत वृद्धि गरेको छ । बैंकले सो कर्जाको ब्याज ९ प्रतिशतबाट १० प्रतिशत पुर्याएको छ ।
यसैगरी, ३२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको निजी क्षेत्रको हिमालयन बैंकले ९ वैशाखबाट मुद्दतीको ब्याजदर उल्लेख्य बढाएको छ । गत १ वैशाखमा कायम गरेको दरमा बैंकले तुरुन्तै वृद्धि गरेको हो । एकवर्षे निक्षेपमा १ वैशाखमा ६ प्रतिशत ब्याज दिने निर्णय गरेको बैंकले दुई साता नबित्दै ६.५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । त्यस्तै, दुईवर्षे र त्योभन्दा बढी अवधिको निक्षेपको ब्याज ६.५ देखि पौने ९ प्रतिशत पुर्याइएको छ । वैशाख १ मा यस्तो ब्याजदर ६.७५ देखि ७ प्रतिशत तोकिएको थियो । सो बैंकले एकमहिने मुद्दतीमा ब्याजदर ३ प्रतिशतबाट ३.२५ प्रतिशत पुर्याएको छ भने तीनमहिने निक्षेपको ब्याज ३.५ बाट ३.७५ प्रतिशत पुर्याएको छ । यसैगरी, ६ महिनाको ब्याजदर ४.२५ बाट ४.५ प्रतिशत पुर्याएको छ ।
हिमालयन बैंकले कर्जा ब्याज भने हालसम्म वृद्धि गरेको छैन । तर, छिट्टै कर्जा ब्याज बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । अहिलेसम्म आनन्दले बसेका पुराना स्थापित बैंक पनि ढुक्क भएर बस्ने समय गुज्रेको उनको विश्लेषण छ । ‘अब पुराना बैंकले पनि ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको छ,’ उनले भने । व्यापारिक र औद्योगिक कर्जामा बैंकहरूले ब्याजदर बढाउन सुरु गरिसकेको उल्लखे गर्दै ऋणीले थप मार सहनुपर्ने बेला आउने उनको भनाइ छ । मुलुकको अर्थतन्त्रअनुसार कर्जादर बढाउन नहुने स्थिति रहे पनि बैंकहरू ब्याजदर बढाउन बाध्य भएको उनले बताए ।
यसैगरी कुमारी बैकले गत ६ वैशाखमा बचत खातामा समेत ब्याजदर उल्लेख्य वृद्धि गरेको छ । बचत खातामा एक वर्षअघि कायम भएको ३ प्रतिशत ब्याजदर ४ प्रतिशत पुर्याएको छ भने ३.५ देखि ४.५ प्रतिशत रहेको विशेष बचतको ब्याजदरलाई ४.२५ देखि ६ प्रतिशत पुर्याइएको छ । यस्तै, बैंकले ६ महिने मुद्दती ब्याज ३.५ बाट ३.५ देखि ४ प्रतिशत पुर्याएको छ । एकवर्षे मुद्दती ब्याजदर ५ देखि ५.५ प्रतिशत रहेकामा ५.५ देखि ६.५ प्रतिशत पुर्याइएको छ । यस्तै, बैंकले दुई वर्षदेखि माथिको निक्षेपमा ६ बाट ६.५ देखि ७.५ प्रतिशत पुर्याएको छ । सो बैंकले कर्जा ब्याज भने बढाएको छैन ।
कम ब्याज दिनेमध्येको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने कर्जा ब्याजमा हेरफेर गरेको छ । गत १ वैशाखबाट सो बैंकले साढे ६ देखि ११.५ प्रतिशत रहेको निर्यात कर्जा दर ६.५ देखि १० प्रतिशतमा झारेको छ । एलसी कर्जा ब्याज भने ७.५ देखि ९ प्रतिशत रहेकामा ८ देखि ९ प्रतिशत पुर्याइएको छ । त्यस्तै, सरकारी ऋणपत्र धितोमा प्रदान गर्ने कर्जामा पनि ब्याज बढाइएको छ । साढे ६ देखि ८ प्रतिशतबाट बढाएर सो कर्जादर बैंकले ७ देखि ८ प्रतिशत पुर्याएको छ । बैंकले औद्योगिक कर्जा पनि १० देखि ११ रहेकामा बढाएर १० देखि ११.५ प्रतिशत पुर्याएको छ । अन्य कर्जामा बैंकले ब्याजदर १५ प्रतिशतसम्म पुर्याएको छ । यसअघि बैंकको अधिकतम कर्जादर १३ प्रतिशत थियो ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS