नेपालमा समलिङ्गीहरु – जनसंख्याको करिब ५ प्रतिशत
गएको १७ मे अर्थात् जेठ ३ गते नेपालका समलिङ्गीहरुले साहस उत्सवको रुपमा मनाए । अन्तर्राष्ट्रिय रुपमा मे १७ लाई इन्टरनेशनल डे अगेन्स्ट होमोफोबिया मनाउने चलन छ । यही अवसर पारेर नेपाली समलिङ्गीहरुले पिङ्क पेजेन्टको समेत आयोजन गरे । आफूभित्रको ‘होमोफोबिया’ कम गर्न र अरुलाई पनि समलिङ्गीहरुका बारेमा जानकारी दिन चलचित्र महोसत्वको समेत आयोजना गरेका थिए ।
तपाइँहरुलाई समेत चासो हुनसक्छ, समलिङ्गी को हुन् ? यिनको संख्या कति होला ? यिनीहरु अहिले के गर्दैछन् ? यिनको माग के छ ? हालै जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरुले भनेका छन्- “एउटा मात्र नेपालीको मौलिक हकअधिकार सुनिश्चित नभएसम्म त पूर्ण लोकतन्त्र मान्न सकिन्न भने हामी त एउटा सिङ्गै अति उत्पीडित तथा बहिष्कृत यौन तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (सम्पूर्ण जनसंख्याको करिब ५ प्रतिशत), जसको कुनै पनि हक अधिकार नभएको अवस्थामा कसरी नेपालमा लोकतन्त्र छ भनेर भन्न सक्छौँ ? त्यसकारण, लोकतन्त्र त आएको छ तर केही नेपालीहरुका लागि मात्र सबैका लागि होइन ।” “विपरीत लिङ्गबाट ग्रसित समाज, राज्य सन्यन्त्र, संविधान तथा कानूनले तेस्रो प्रकृतिको भएकै कारण हामीहरु मध्ये धेरैलाई अनागरिक बनाएको छ, नागरिकता दिइन्न । समलिङ्गी वा तेस्रो प्रकृति भएकै कारण हामीहरुले प्रेम गर्न, आफ्नो मन परेको व्यक्तिसँग सम्बन्ध गाँस्न तथा घरपरिवार बसाउन पाउँदैनौँ । किनभने प्रेम गर्ने, विवाह गर्ने तथा घरपरिवार बसाउने अधिकार केवल विपरीत लिङ्गी महिला पुरुषलाई मात्र छ यो देशमा । के हामीहरु पनि तपाइँहरुजस्तै नेपाली हैनौँ र ? हाम्रा पनि तपाइँहरुका जस्तै मातापिता हुनुहुन्छ । के हामीहरुले पनि पहिचान पाउन सक्तैनौँ ?” विज्ञप्तिमा भनिएको छ । उनीहरुले सम्पूर्ण तेस्रो प्रकृतिका व्यक्तिहरुले आफ्नो पहिचान अनुसारको नागरिकता पाउनु पर्ने, सम्पूर्ण तेस्रो प्रकृतिका व्यक्ति तथा समलिङ्गीहरुले अन्य नागरिक सरह समान हकअधिकार, स्वतन्त्रता र सम्मान पाउनुपर्ने, मौलिक हकअधिकार पाउनुपर्ने, अन्य नागरिक सरह संविधानसभामा भाग लिने अवसर पाउनुपर्ने, संविधान संशोधन गरी सम्पूर्ण तेस्रो प्रकृति तथा समलिङ्गीहरुको अस्तित्व तथा पहिचान स्वीकार हुनुपर्ने माग अघि सारेका छन् ।
के हो त समलिङ्गी अनुभव ?
कुनै पनि व्यक्तिको महिला, पुरुष या तेस्रो प्रकृतिको व्यक्ति (ट्रान्सजेन्डर) एउटा आन्तरिक अनुभूति हो । कुनै पनि व्यक्तिले आफूलाई आफ्नो लैङ्गीक अनुभूतिअनुसार समाजमा कसरी व्यक्त गर्दछ भन्नेसँग सम्बन्धित हुन्छ । लैङ्गिक पहिचान र लैङ्गिक प्रस्तुति शब्दहरु प्रायजसो तेस्रो प्रकृति वा तेस्रो लिङ्ग शब्दसँग नजिकबाट सम्बन्धित छन् । खासगरी समलिङ्गीहरुको यौन रुचि समान लिङ्गीहरु प्रति बढी हुने गर्दछ । भर्खरै प्रचलनमा आउन थालेको शब्द तेस्रो प्रकृतिको व्यक्ति अर्थात् ट्रान्सजेण्डर त्यस्तो व्यक्तिलाई भनिन्छ जसको लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुति (एक्स्प्रेशन), व्यक्तित्व आदि समाजमा परम्परागत रुपमा महिला वा पुरुषबाट अपेक्षा गरेभन्दा फरक हुने गर्दछ ।
समलैङ्गिकता बुझाउने केही शब्दहरुः
मेटीः पूर्वी नेपालबाट भित्रिएको मेटी शब्द पुरुषलिङ्गी व्यक्तिहरुलाई बुझाउन प्रयोग गरिन्छ । मेटीहरु आफूलाई महिलाजस्तै ठान्दछन् । मेटीहरुको विपरीतलिङ्गी, समलिङ्गी वा दुइ लिङ्गी पुरुषभन्दा अलग पहिचान हुन्छ र आफूलाई समाजमा महिलाजस्तै प्रस्तुत गर्ने गर्दछन् । पारिवारिक तथा सामाजिक दबाबका कारण महिलासँग विवाह गर्नु परे तापनि मेटीहरुको यौन आकर्षण तथा यौन सम्बन्ध भने ‘मर्द’सँग नै हुने गर्दछ । मेटीहरु पनि आफूलाई तेस्रो प्रकृतिको व्यक्ति ठान्दछन् ।
सिङ्गारुः मेटीजस्ता व्यक्तिलाई पश्चिम पहाडतिर सिङ्गारु भनिन्छ ।
मारुनीः केटीको भेषमा नाच्ने पुरुषलिङ्गी व्यक्तिलाई मारुनी भनिन्छ ।
मौगिया वा कोथीः मेटीजस्ता व्यत्तिलाई तराईतिर मौगिया वा कोथी भनिन्छ ।
फुलुमुलुः मेटीजस्ता व्यक्तिलाई हिमाली भेगमा फुलुमुलु भनिन्छ ।
हिजडाः हिजडा समुदाय नेपालको तराई तथा भारतमा करिब चार हजार वर्षभन्दा बढी समयदेखि रहँदै आएका छन् । हिजडाहरु तेस्रो प्रकृति भएका कारण आफूलाई पवित्र र अलौकिक ठान्दछन् । हिजडा हुन चाहने व्यक्तिले हिजडा समुदायमा आफूलाई सामेल गर्नुपर्छ तथा विभिन्न नियम तथा अनुशासन पालन गर्नुपर्ने हुन्छ । अनुशासन चाहिँ महिला भेषमा हिँडडुल तथा, उठेर पिसाब फेर्न नहुने आदि नियम पर्दछन् । जसले यो समुदायका यी नियम तथा अनुशासन पालन गर्न सक्छ ती व्यक्तिले मात्र ‘निर्वाण’ लिन पाउँछन् । निर्वाण शब्दले त्यो समुदायको व्यक्तिले आफ्नो लिङ्ग काटी पूर्ण रुपमा हिजडा हुने प्रक्रियालाई जनाउँदछ ।
यौन अङ्ग परिवर्तित व्यक्ति (ट्रान्ससेक्सुअल): तेस्रो प्रकृतिको व्यक्ति जसले आफ्नो यौन अङ्ग आफ्नो लैङ्गिक पहिचानअनुसार पुरुष वा महिला बन्ने गरी परिवर्तन गरेका छन् ।
अन्तरलिङ्गीः अंग्रेजीमा इन्टर सेक्सुअल भनिने यस्ता व्यक्ति जन्मदा नै शारीरिक वा यौन अङ्गको हिसाबले सामाजिक अपेक्षाअनुसार स्त्री वा पुरुष छुट्टिदैनन् । ऐतिहासिक तवरले चिकित्सक समुदायले यसलाई हेमाफ्रोडाइट्स भन्ने बिल्ला लगाई बच्चाको यौनअङ्ग सच्याउने शल्यक्रिया गरिदिने चलन कैयौँ देशमा छ । तर समकालीन दृष्टिकोण यस्तो जबरजस्ती बच्चाको यौन अंग सच्याउने शल्यक्रियाको अभ्यासलाई बलजफ्ती लैङ्गिक पहिचान बनाइदिने र यौनअङ्ग बिगारिदिने भनी चुनौती दिने गरेको छ । किनभने बच्चाको लैङ्गिक पहिचान पछि कस्तो हुन्छ भनेर अहिले भन्न सकिन्न ।
दुइ आत्मा भएकोः आदिवासीहरुमा केही व्यक्तिहरु आफूलाई महिला, पुरुष दुवैको आत्मा भएको मान्दछन् । न कि समलिङ्गी, दुइ लिङ्गी वा तेस्रो प्रकृतिको व्यक्ति । दुइ लिङ्गीः यस्तो व्यक्ति जो शारीरिक वा भावनात्मक रुपले महिला तथा पुरुष दुवैसित आकर्षित हुन्छ ।
विपरीत लिङ्गीः यस्तो व्यक्ति जो शारीरिक तथा भावनात्मक रुपले आफूजस्तै समान लिङ्ग भएको व्यक्तिप्रति आकषिर्त हुन्छ । समलिङ्गी व्यक्तिलाई अंग्रेजी भाषामा होमोसेक्सुअल भनिए तापनि गे शब्द बढी प्रयोग गरिन्छ भने महिला समलिङ्गीलाई लेस्बियन भन्ने चलन पनि छ । समलैङ्गिकताबारे तपाइँले थोरबहुत जान्नुभयो होला । यति बुझिसकेपछि तपाइँले थाहा पाउनु भयो होला, उनीहरु पनि हामीजस्तै मान्छे हुन्, तिनलाई तिनको प्रकृतिअनुसार बुझिदिनु पर्छ ।
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS