पनौतिमा ख्याक !
पनौति चोकबजारमा ख्याक, भूत र प्रेतात्माको जगजगी छ भन्ने सुनेको धेरै भएको थियो। पत्रकारिता पेशा धान्न कतार प्रवासमा जानुभन्दा अघिदेखि सुनेको कुरा झण्डै दुई वर्षपछि देख्न र भोग्न पाइयो। प्रेतात्माको त्रासका कारण वर्षौवर्षदेखि खाली रहेको एउटा घरमा ज्या पुन्ही पर्वको साइत पारेर जेठ २१ गतेको रात सुत्न जाने अवसर मिल्यो।
त्यो घर अर्थात ‘मटां छेँ’मा ७०/८० वर्षअगाडि एउटी नेवार युवतीको निधन भएको रहेछ, त्यो पनि गुफा बसेको बेलामा। त्यस्तो अवस्थामा निधन हुँदा जहाँ श्वास गएको हो त्यहींबाट तल खनेर गाड्नुपर्ने नियम रहेछ। त्यही प्रचलनपछि युवतीलाई गाडिएपछि घरमा ख्याः आउन थालेको हल्ला रहेछ। हल्लासँगै त्यो घरमा बस्न आउने थुप्रै बासिन्दा कोही कुटपिटमा परेका रहेछन् कोही घिसाराइमा। रित्तो भूतघर ५ वर्षअघि भक्तपुरे संस्कृतिविद् रविन्द्र पुरीले जिर्णोद्वार गरेपछि भूताहा घरमा को सुत्न जाने भन्ने अन्योल व्याप्त रहेछ। हामी साहसी निस्क्यौं नपत्याउँदो गरी। भूतसँग पौठाजोरीमा जानेको सूची सुरुमा लामो थियो जस्तो-रंगकर्मी सुनिल पोखरेल, कलाकार दिलभुषण पाठक, सम्पादक प्रशान्त अर्याल, उपन्यासकार डा ध्रुबचन्द्र गौतम आदिआदि। तर अन्त्यमा सबैजना कि काठमाडौंबाट बाहिर गएको बेला पर् यो कि त आफैंमा डरछेरुवा निस्किए।
विशेषतः उमेरमा ७० छेक लागेका डा ध्रुवचन्द्र गौतमको भनाइ थियो-’मैंले जीवनमा गर्नु-नगर्नु सबै काम गरिसकें। साहित्यमा नाम बनाएँ। छोराछोरी हुर्काइसकें। अब खासै चिन्ता र इच्छाको कुरो रहेन। त्यसकारण भूत भेटिएमा र प्राण त्याग्नुपर्ने अवस्था आएमा पनि केही छैन। यसकारण भूताहा घरमा सबैभन्दा अघिल्लो पंक्तिमा म गएर सुत्नेछु तपाईहरु नडराए हुन्छ।’
यसकारण पनि हामी ढुक्क थियौं। तर भूत घरमा जाने दुई दिनअघि डा गौतम रुसको मस्कोतिर हिँडेकाले उहाँको अन्तिम इच्छा थाती रहे झैं भयो। तैपनि हामी केही जवान साहसी र उत्साहीहरु पनौति लाग्यौं। नभन्दै ज्या पुन्ही जात्राको पहिलो साँझमा पनौति शहरमा छाएको उल्लासलाई भूतले खाइदियो। पनौती चोकमा उभिएको ‘मटां छे’ अर्थात् उज्यालो घरले यतिका वर्षपछि नयाँ जीवन पाएको थियो मर्मत-सम्भार र जिर्णोद्वारबाट। सुरुमा निकै हाहु र हँसीमजाक रह्यो। भूतका हिन्दी सस्ता फिल्मदेखि अंग्रेजी महंगा कहानीसम्मका गफ भए। कोही आफ्नी हजुरआमालाई सम्झिरहेका थिए जसले सिंगो पहाडी खेतबारीमा भूत-खेतालाका कारण धान रोपिने गरेको किस्सा सुनाएकी थिइन्। तीनकुनेमा तीनतले घर हुने साथीहरुको फूर्ती भने थापाथली पुलमा भूतले छिर्के हानेको विवरण सुनाउनुमा थियो। भनिहालौं ती साहसी पत्रकारहरु थिए- भूत आएमा पनि घिसार्न नसक्ने भीमकाय ज्यानका गिरीश गिरी, भूतप्रेत भेटिएमा पनि अंग्रेजीमा कुराकानी गर्न रुचाउने सुवेल भण्डारी र आफ्नी हजुरआमाले पहाड खेतमा भूत-भुतिनीकै सहारामा रोपाई गराएको किस्सा सुनाइरहने अर्का पत्रकार सुवोध गौतम। साथमा मटां छेका नयाँ मालिक रविन्द्र पुरी र उनको परिवार।
हामीमध्ये काठमाडौं तीनकुनेमा तीनतले घर हुने बन्द भएको ‘वाई’ म्यागेजिनका भूतपुर्व पत्रकार सुवेल भने राति अबेर आफ्नो एन्फिल्डमा हुइँकिएर भूताहा घर आइपुगेका थिए। ‘भूत हेर्ने भेट्ने भए गठेमंगलमा आउनु’मटां-छे मुन्तिर सम्साँझमा भेटिएका छिमेकी मच्छेनारायण खिमबन्जारले सुनाए-’यो घरमा भूतले निकै सताएको छ। यहाँ पसल थाप्ने इन्द्रमान राजकुमारहरु पनि भूतको लखेटाइमा परेका छन्।’
ज्या पुन्हीको भीड नियाल्न बाहिरिएका बेला रातको १२ बजेतिर मच्छेनारायण भेटिएका थिए। स्थानीय प्रचण्ड ताम्राकारको खुद्रा पसलमा उनी चुरोट किन्न आएका थिए। पेशाले उनी ड्राइभर रहेछन्। ‘हामी त रातउँदी भूत किचकन्नी कति भेट्छौं कति’मच्छेनारायण बिस्तारै सातो लिँदै थिए-’कोही लिफ्ट माग्ने हुन्छन् कोही आँखै सामुन्नेको पुलबाट खोलामा हाम फालिरहेका हुन्छन्।’
ओहो डरमर्दो भयो। नभन्दै यो कलीजुगमा पनि भूतले गालामा चड्काएका सुतेको भुईबाट घिसारेका र आफ्नो सातो खोजिरहेका पात्रहरु भटाभट पनौतीमा भेटिन थाले। ज्या पुन्ही जात्राका रथहरु तान्ने होहल्ला र होडका माझ सुटुक्क मटां-छेमा छिरेर साथीभाइको हुलमुलमा मिसिएँ। ‘खासमा यो घरमा गुफा राखिएकी एक युवतीको निधन भएको रहेछ नेवारी रितीमा ती युवतीलाई उनी राखिएको यही कुनाबाट तल जमिन खोस्रेर गाडिएको रहेछ’ मटां-छेलाई नयाँ जीवन दिने भक्तपुरे रविन्द्र पुरी सुनाइरहेका रहेछन्-’त्यही कारणले हल्ला र कहानीमा यो घरमा भूत आउने गरेको रहेछ।’
ती युवतीको गुफामैं मृत्यु भएको ७० वर्षभन्दा बढी भएको हुनुपर्छ। तैपनि उनको आत्मा भने अझै घुमिरहेको सबैको भनाइ थियो। ‘म ६२ वर्षको भएँ मैंले थाहा पाउँदा भने त्यस्तो भूतको केही कुरा थिएन’ अलिक पर्तिर पनौती बजारमा किराना पसल थापेर बसेका मटां-छेका पहिलेका घरमालिक भोलानाथ मटांछेले भने-’त्यो घरमा ख्याः आउँछ भन्ने हल्ला सुनेको हुँ तर मैंले भने थाहा पाईन।’
उनै भोलानाथबाट झण्डै ३ लाख रुपैंयामा मटां-छे रविन्द्र पुरीले खरिदेका रहेछन्। मटां-छेमा सँगैको अर्को घर पनि किनेर त्यसमा ३० लाख रुपैंयाभन्दा बढी खर्चेर अहिलेको रुपमा ल्याएका रहेछन्। घर पनि कति ऐतिहासिक भने यहाँ बस्ने परिवारको थर पनि त्यही घरको नाममा जन्मिएको रहेछ- मटां छे अर्थात उज्यालो घर। मटां-छेमा पहिलो रात सुत्न गएको हुलमा त्यहाँ एउटी युवती-भूत देख्नेहरु पनि केही भेटिए। कसैले युवतीको लामो कालो केशराशी भर् याङको छेउमा चलायमान भएको देखेका थिए। कोहीले राती सुतेका बेला आसपासमा पाउजु बजेको स्पष्ट आवाज सुनेका थिए भने कसैले सुकुल भुईमा घिसारेको सुनेका थिए। ‘तर मैले वास्तुशास्त्र धार्मिक सांस्कृतिक र आध्यात्मिक विधिमा सबै पाठपुजा गरेको छु’ ख्याःछेको तर्क-वितर्कमाझ रविन्द्र स्पष्टीकरण दिइरहेका हुन्थे।
भूतको कथा सुनाउँदै मिन्दिरा र रक्षा पुरी।
उनले नवदुर्गा राखेर भोजन गराएको गुफा राखिएकी युवतीको मृत्युपछि गाडिएको ठाउँलाई पनि वास्तुशास्त्रअनुसार शुदयाएको सहितका बयान दिएका थिए। गिरिशसँग टाँसिएर कुरा सुनिरहेका तन्नेरी पत्रकार सुवेल भने राती सुतेका बेला कुनै युवती-भूत भेट भएमा आफ्नो लिजर-पेजका लागि रोमान्टिक अन्तर्वार्ता लिइछाड्ने उमंगमा थिए। ‘कि अन्तर्वार्ता गरिन्छ कि मरिन्छ’, उनको साहसी स्वर थियो। तर त्यो सुरुवातको उमंग बिस्तारै सेलाएर पानी भैसकेको थियो यसको बयान बिस्तारै यहाँ आउनेछ।
‘२०४६ सालको जेठ महिना हुनुपर्छ’, यही मटां-छेमा सानोतिनो पसल थापेर बस्ने र भूत-खेदाइमा परेका इन्द्रमान र स्वमाया महाजुको जोडा बिहान त्यही घरमा भेटियो जो भन्दै थिए-’राती सुतेका बेला १२ बजेतिर मेरो परिवारमा भूतले गर्नु नगर्नु गरेको छ।’ त्यो गर्नु-नगर्नुको भोगाइ श्रीमती स्वमायाले बेहोरेकी रहिछन्। यो घरमा भूत आउने त्रास र हल्लाले उनीहरुले आफ्ना दुइ छोराछोरी भने अरु आफन्तको घरमा सुताउने गरेका रहेछन्। तर दम्पत्ति भने अक्सर यहीं सुत्ने रहेछन्।
‘मध्यरातमा एउटा चिसो र नरम हातले मेरो दायाँ खुट्टाका तीन औंलामा समातेको थाहा छ। त्यहाँबाट घिसाद्रै लगेर लिस्नाको छेउमा पुर् याएपछि मैंले लात्ती हान्ने हुँदा भूतले मलाई छाडेको थियो’डराएको स्वरमा २० बर्षअघिको कुरो स्वमाया सुनाउँदै थिइन्-’ बूढोलाई भनौं भने पनि नपत्याउने † अनि त रातभर मैनबत्ती बालेर समय कटाएँ। अनि त्यसको केही दिनमैं हामीले यो घर छाड्यौं।’ यही घरमा बस्ने माटाको काम गर्ने एउटा कुमालेको छोरालाई भूतले छोपेको र त्यही कारण रोगाएर केही महिनामा उसको मृत्यु भएको खबर पनि यिनै महाजु दम्पत्तिले सुनाएका थिए।
भूत यस्तो होलाः गिरिश गिरी
स्थिति निकै त्रासदीपूर्ण बनेको थियो। मटां-छेका जिर्णोद्वारकर्ता रविन्द्र पनि ‘भूत हुन्छ कि हुँदैन’को अन्योलमा पुगेका देखिन्थे। युवती-भूत भेटेमा रोमान्टिक अन्तर्वार्ता लिने अंग्रेजी पत्रकार सुवेल पनि आफ्नो धर्मअनुसार जिसस क्राइष्टको कथा सम्झिरहेको थियो जस्तो हिन्दूले अन्तिम बेलामा ‘रामनाम’ सम्झन्छन्।
‘म पनि भूतपीडित हुँ हजुर’ ज्या पुन्ही जात्राको दोस्रो दिन बिहान स्थानीय ६७ वर्षे माधवनारायण पिया भेटिए जो यही घरमा माथिका महाजु दम्पत्ति अगाडी होटल थाप्न बसेका रहेछन्। ‘यहाँ भूत छ भन्ने सुनिएको हो तर भेटेको थिईनु२०३५ सालमा बैशाखको एउटा रात सम्झिरहेका थिए पिया-’म त्यो रात भने यही घरमा सुतेको थिएँ ऊ त्यो बाहिर निस्कने दैलाको आडैमा।’
राती १२ बजेतिर निन्द्रामा झकाइरहेका बेला उनले भूतको स्वाद पाएका रहेछन् दाहिने गालामा। ‘भूतले मलाई दह्ो गरी चड्कन हिर्कायो फेरि हिर्कायो र तेस्रोपटक पनि हिर्कायो’ पिया दाहिने गाला छाम्दै सम्झिरहेका थिए-’म धर्मराउँदै ओछ्यानबाट उठें आँखासामुन्ने तोरीका फूल देखें।’
इन्द्रमान र स्वमाया
थप्पड हान्ने पनि युवती भूत नै थिइन् उनका अनुसार। कालो सारी र सेतो ओढ्ने उनले देखेका रहेछन् तर त्योभन्दा पर्तिर केही देखेनछन्। किनभने भूतको चड्कनबाट आँखामा चहकिलो बत्ती बलेको भोगाइ उनी बेहोरिरहेका थिए। शायद भूत िहंडने मुलढोकाकै आडमा सुतेर पो थप्पड हानेको हो कि त्यो पनि उनले सोच्नसम्म पनि भ्याएनछन्। अनि के गर्नुभयो त प्रश्न झर्न नपाउँदै पियाले थपे-’मैंले के गर्नु थियो र जे गर्नु भूतले गरिसकेको थियो।’ त्यसपछि उनी पनि मैनबत्ती बालेर बिहानीछेकसम्म बसेछन्। अनि केही दिनमैं होटल छाडेछन्।
ओहो ख्यालख्यालमैं झ्याल भनेजस्तो भयो। अघिल्लो साँझमा साहसका नमूना झैं रहेका पत्रकारहरुको चेहरामा भूत उत्रिसकेको थाहा लाग्थ्यो। यसरी २० बर्षपछि त्यही मटां-छेमा पहिलो रात बित्यो। डर त्रास भय आशंकाका माझमा भूत प्रतिकार गर्न गएका साथीभाइले कि गफमा मस्तराम बनेर रात कटाए कि मद्यपानका भरमा बेहोसी बनेरै भूतलाई चुनौती दिए। तर वातावरण र जनसंख्याका बिज्ञ पत्रकार सुवोधको अन्दाजमा भने बढ्दो कोलाहल भीड र वातावरणीय प्रदुषणका कारण अब भूतको अस्तित्व नै छैन। अलिक मादक स्वरमा उनी हामीलाई सम्झाइरहेका थिए-’बागमतीमा पानी त छ तर के त्यहाँ माछा बाँच्न सक्छ ‘ कुरो ठीकै लाग्यो।
पेशाले पत्रकार भएपनि सौखले फिल्मी डाइरेक्टर समेत रहेका गिरीश गिरी भने यी सबै इतिवृतान्तहरु क्यामेरामा कैद गरिरहेका थिए। कुनै दिन उनले ‘भुतों कि आएगी बारातु टाइपको फिल्म बजारमा ल्याए भने अनौठो नहोला †
गालामा चड्कन
बिहानीछेक कोही एकजना पत्रकारलाई लघुशंकाले च्यापेको रहेछ। तर मटां छेँको चौथो तला बाहिर रहेको ट्वाइलेटसम्म जान नसक्ने भएका रहेछन् भूत भयले। ‘लौ न बाहिर जौं न मलाई गाह्रो भयो क्या’ उनले फुसफुसाएको सुनियो। ती जवान पत्रकारलाई पछि लगाएर अंग्रेजीवाज पत्रकार सुवेल ट्वाइलेटसम्म गएको देखियो जो ढोकामा बसेर अंग्रेजी गीत गाइरहेका थिए बडो पीडादायी स्वरमा।
तैपनि भूत-धङधङे यथावत थियो। बिहान ओछ्यानबाट उठ्नै नपाइ काठमाडौंका अंग्रेजीवाज सुबेल र हजुरआमाको भूत-किस्सा सुनाउने अर्का पत्रकार सुवोध फरार भैसकेका थिए। तल इन्द्रायणीको फेदीमा उनीहरुको काठमाडौं ताकिरहेको विशालकाय एन्फिल्ड भटभटेको आवाज सुनिँदै थियो-भटङ्टङ टङ्…! devendradamak@gmail.com
-
Recent
- How To Create A Bonsai Tree
- लामा औँला भएकाहरु खतरनाक चालक
- The Super-Slim New Laptop
- Fish Robot to detect Pollution in the Ocean
- तपाइँले थाहा नपाएका सिने-फ्याक्ट्स
- संसारको सानो किताब
- शान्ति सम्झौताको एक वर्ष – २३४ को हत्या
- बाँझोपनको पनि उपचार हुन्छ
- Tips Of The Married Life
- गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या
- French tarragon
- Coriander
-
Links
-
Archives
- June 2010 (2)
- April 2010 (8)
- September 2009 (2)
- August 2009 (24)
- July 2009 (3)
- June 2009 (48)
- May 2009 (163)
- December 2008 (1)
-
Categories
- Afghanistan
- Animal
- Better Life
- Birthday SMS
- Bonsai
- Business Tips
- Cave
- Challange
- China
- Clinic
- Corruption
- crime
- Currency
- Economic
- Education
- Entertainment
- Extra
- Fantastic Fanta
- Fertilizer
- Financial Tips
- Friendship SMS
- Fun
- Funny
- Garden
- Good Life
- Good Morning SMS
- Great Peopel
- Great Wall
- Happy Life
- Health
- Health Tips
- Herbs
- History
- Homo-Sexual
- Info
- Interview
- Interview Tips
- IT
- Kitchen Garden
- Life
- Life Style
- Love
- Marriage Life
- Media
- Meditation
- New
- New Generation
- Niti Shastra
- OJT
- Out of Track
- Pilgrim
- Politics
- Poll
- Population
- Profile
- Recipe
- Relationship
- Science
- Sex
- Sex Life
- Sex Query
- SMS
- Sport
- superstation
- Technology
- Tips
- Tour
- Travel
- Twins
- Uncategorized
- Video
- Welfare
- Who is Who
- Wise Word
- Wonder
- World Heritage
-
RSS
Entries RSS
Comments RSS