Ramkeshar’s World

A Complete Website

नेपालका आधा बालबालिका पुड्का

नेपाल जनसाङ्ख्यिक र स्वास्थ्य सर्वेक्षणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालका आधाजसो बालबालिका पुड्कोपनको सिकार छन्। बालबालिकाहरुमध्ये पनि पाँच वर्षमुनिकामा यस्तो पुड्कोपनको समस्या देखिने गरेको त्यसमा उल्लेख छ।तथ्याङ्क अनुसार नेपालमा पाँच वर्षमुनिका करिब ४९ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको जनाएको छ। यो त अझ घटेको पो रहेछ। सन् २००१ मा त नेपालका करिब ५७ प्रतिशत बालबालिकाहरुमा पुड्कोपनको समस्या देखिएको रे।

बालबालिकाहरुलाई जन्मनासाथ आमाको दूधको कमी, पौष्टिक आहाराको कमी तथा बच्चालाई आवश्यक पर्ने आहारा नपुर्‍याउँदा उमेरअनुसार बालबालिकाहरु हुर्कन नसकी पुड्कोपनको सिकार हुने गर्छन्।

पुड्कोपनको समस्या बालकमा भन्दा बालिकामा बढी देखिने गरेको तथ्याङ्क छ। करिब ४४.४ प्रतिशत बालिकामा पुड्कोपनको समस्या देखिएको तथा करिब ४१.३ प्रतिशत बालकमा यस्तो समस्या देखिएको छ।

पुड्कोपनको समस्यामात्रै हैन् बालबालिकाहरुमा दुब्लोपनको समस्यामा पनि देखिएको छ। केन्द्रीय तथ्याङ्कले करिब ११.५ प्रतिशत बालकमा दुब्लोपनको समस्या देखिएको छ भने ११.९ प्रतिशत बालिकामा यस्तो समस्या देखिएको छ।

May 22, 2009 Posted by | Health, Population | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.