Ramkeshar’s World

A Complete Website

Wake Up And Smell The Coffee – On The Moon!


  05.15.2009
May 15, 2009: Have you ever wondered how you’d make your morning cup of java if you lived on another planet, or perhaps the moon? That steaming beverage would be a must on a cold lunar morning.But with rare sunlight, no coal or wood to burn, and no flowing water for hydro-electrical power, how would you make that cup of coffee, much less cook breakfast, heat your abode, and power the life support equipment and tools you needed to live and work up there?

NASA, planning for a future lunar outpost, has been asking those same questions lately.

There’s more than one way to generate power on the moon. Fission Surface Power is one of the options NASA is considering. If this method is chosen, an engine invented in the early 1800s by Scottish brothers Robert and James Stirling could help make it work.

The Stirlings were so proud of their creation that they made it their namesake – and with good reason. Over the years the Stirling engine — the reliable, efficient “little engine that could” — has earned a sterling reputation here on Earth, and it may one day prove its worth on the moon.

“Inhabitants of a lunar outpost will need a safe and effective way to generate light and heat and electricity,” says Mike Houts of NASA’s Marshall Space Flight Center. “The tried and true Stirling engine fits the bill. It’s not only reliable and efficient, but also versatile and clean.”

NASA is partnering with the Department of Energy to develop Fission Surface Power technology to produce heat and feed it into a Stirling engine, which, in turn, would convert heat energy into electricity for use by moon explorers.

It’s not certain that this kind of power system will be adopted by NASA, but it does have some very appealing qualities. Houts explains: “A key advantage to this power system is that it wouldn’t need sunlight to operate. An FSP system could be used to provide power any time, any place, on the surface of moon or Mars. It could be used at the poles and away from the poles, it could weather a cold lunar night, and it would do well in places like deep craters that are always shaded. Not even a swirling, sunlight obscuring, Martian dust storm could stop it.”

 

NASA’s engine would only need to produce 40 kW or less power – just enough for a lunar outpost.

“This power level is high by space standards but extremely low by Earthly standards,” says Houts. “It’s about 1/20,000th of what a typical Earthly reactor puts out. We’d only need a tiny reactor on the moon – the fueled portion would be only about 10 inches wide by 1½ feet long.”

It would provide more power with less mass than other power systems. The whole assembly, radiator on top of Stirling engine on top of reactor, could be stowed in a fraction of the lunar lander.

Before developing the final system, Houts and his team are testing with non-nuclear power for proof of concept.

“We’re conducting tests in a thermal vacuum to learn about operating and controlling the system on the moon,” says Houts. “We’re using resistance heaters to simulate nuclear heat. Electrical resistance produces heat.”

After the test system proves the viability of the concept, the team could be directed to build the “real thing,” drawing heavily on US and international terrestrial reactor experience.

 

“It would be built from stainless steel and fueled by uranium dioxide. This combination has been used in terrestrial reactors throughout the world, so scientists and engineers are well-versed in its operation.”

The unit would not be active at launch, but would be “turned on” once in place on the lunar surface, where it would be surrounded by shielding to prevent any hazard from the radiation emitted.

“It would be very safe,” says Houts. “And the beauty of the system is that it would be practically self-regulating.”

Here’s how it would work: Inside the reactor is a bundle of small tubes filled with uranium. Outside the reactor are control drums — one side of each drum reflects neutrons and the other side absorbs them, providing a way to control the rate that neutrons escaping the reactor core are reflected back in. To start up the unit, the absorbent side of each control drum is turned out, away from the reactor core, so the reflective material faces in and sends escaping neutrons back in to the core. The resulting increase in available neutrons enables a self-sustaining chain reaction, which produces heat.

A coolant (sodium potassium mixture)* flows through the passage-ways between the tubes, picks up the thermal heat produced by the reacting uranium, and transfers the heat to the Stirling engine. The Stirling engine then does its magic** to generate electricity. Meanwhile the coolant, which has “downloaded” some of its cargo (heat) to the Stirling engine, circulates back through the reactor core, where it picks up heat and is ready to repeat the entire cycle.

The system would use only a miniscule amount of fuel — 1 kg of uranium every 15 years – and still have enough reactivity to run for decades.

“We give it a life expectancy of 8 years, though, because something else would falter before the fuel would run out.”

After shutdown, radiation emitted by the system would decrease rapidly. A replacement system could easily be installed at the same site.

After all, coffee may be in high demand up there!

May 31, 2009 Posted by | Science | Leave a comment

चिट चोर्न आइपड


अमेरिकामा विद्यार्थीहरुलाई क्याप (टोपी) लगाउन मनाही छ । विद्यार्थीले परीक्षाका बेलामा त्यही क्यापभित्र चिट घुसाएर लैजाने हुनाले बन्द गरिएको त पुरानै घटना भइसक्यो । त्यसपछि मोबाइल फोन पनि लैजान निषेध गरिसकिएको छ । गुरुले ठाने, जाँचका बेला आफ्ना छट्टु विद्यार्थीले एकअर्कालाई टेक्स्ट म्यासेज आदानप्रदान गरेर उत्तर लेख्नेछन् ।

अब गुरुहरुलाई यत्तिले मात्र पुगेको छैन । परीक्षा केन्द्रमा चिट चोर्ने अर्को उपाय विद्यार्थीले फेला पारेका छन् । तिनले प्रविधिको नवीनतम् प्रविधि आइपड र ज्यून्सलाई परीक्षा केन्द्रमा लैजान थालेका छन् । हेर्दा साना आकारका यी दुइ यन्त्रमा भएभरको किताबसमेत अट्ने हुनाले गुरुहरुले यसलाई पनि प्रतिबन्ध लगाउने निधो गरेका हुन् ।

“यी केटाकेटीहरु हामीभन्दा कति अगाडि छन् भने चिट चोर्न नयाँ नयाँ प्रविधिहरु घुसाइरहेका हुन्छन्”, माउन्टेन भ्यू हाइ स्कूलका प्रधानाध्यापक आरोन मेबनले एसोसिएटेड प्रेससँग भने- “उनीहरुले हरेक पटक चिट चोर्नका लागि नयाँ र सिर्जनात्मक बाटाहरु छिटोछिटो पत्ता लगाइरहेका छन् ।” माउन्टेन भ्यू स्कूलले केही समययता जाँचका बेला डिजिटल मिडिया ल्याउन प्रतिबन्ध लगाएका छन् । यो पनि दुइ विद्यार्थीले नयाँ प्रविधिबाट कसरी चिट चोर्न सकिन्छ भनेर छलफल गरिरहेको एक शिक्षकले सुनेपछि यो नयाँ शैलीबारे स्कूल प्रशासनले जानकारी पाएको थियो ।

त्यसो त नेशनल एसोसिएसन अफ सेकेण्डरी स्कूल प्रिन्सिपल्सकी प्रवक्ता साना केम्प भने कति विद्यार्थीहरुले यस्तो सुविधाको दुरुपयोग गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क फेला नपरिसकेको अवस्थामा यसरी डिजिटल मिडियालाई बन्द नगरिनुपर्ने धारणा राख्छिन् । तर पनि उनले थप्न भुलिनन्- “देशव्यापी रुपमा यस्तो मिडियालाई चोरीका लागि उपयोग हुन थाल्यो भने चाहिँ केही त सोच्नै पर्छ ।”

“आइपडले पढ्नसक्ने ध्वनिका फाइलहरुलाई विद्यार्थीहरुले जाँचमा चोर्न उपयोग गरिरहेका छन्”, १६ वर्षीय माउन्टेन भ्यू स्कूलका विद्यार्थी दमिर बज्दारले बताए । स-साना नोटहरु तिनले आइपडमा टेक्स्ट फाइलमा ‘लिरिक’ नामबाट सेभ गर्ने गरेको, शिक्षकले पढाएका अडियो क्लीपहरुलाई ‘स्कूलहाउस रक’ नामबाट राखिएको उदाहरण पनि उनले दिएका थिए । उनले ती सबै उदाहरणलाई आफ्नो आइपडमा समेत देखाएका थिए । यस्ता फाइल हालै भएको अमेरिकी सरकारी परीक्षामा भरपूर उपभोग भएको समेत उनले बताए ।

१७ वर्षीया केल्सी नेल्सन चाहिँ यस्ता सामग्रीको प्रतिबन्धले आफूलाई दुःखी बनाएको बताएकी छिन् । “सामान्यतया म जाँच सकिएपछि आफ्नो ‘सानो साथी’का गीत सुन्थेँ । यस्तो प्रतिबन्धले हामीजस्ता चिट नचोर्ने र वास्तवमै सङ्गीत रुचाउनेका लागि त ठूलो हानीको कुरा हो”, उनले चित्त दुखाइन् । उनले थपिन्- “मेरो विचारमा यस्तो प्रतिबन्ध त बकवास् नै हो । किनभने चोर्नेहरुले आइपडलाई पनि चोर्ने माध्यम बनाउँछ, आफ्नो जाँघलाई पनि चोर्ने माध्यम बनाउँछ ।”

तर यो समस्या कति गहिरो छ भने वासिङ्टनदेखि क्यालिफोर्निया र सियाटलसम्मका स्कूलमा यस्ता प्रविधिलाई जाँचका बीचमा बन्द नै गर्ने निर्णय भइसकेको छ । यस वर्ष त स्कूलमा मात्र होइन कलेज र युनिभर्सिटीमा समेत यसमाथि प्रतिबन्ध लगाइएका छन् । अमेरिकाबाट यो क्यानडासम्म सरिसकेको छ । विद्युतीय शब्दकोष, सीडी प्लेयर र शब्दजाँचक प्रविधिसमेत प्रतिबन्धित तुल्याइएका छन् ।

सँगसँगै यता उत्तरी क्यारोलिनाको ड्यूक युनिभर्सिटीले चाहिँ विद्यार्थीहरुको क्षमता बढाउन हरेक विद्यार्थीलाई आइपड उपलब्ध गराउने निर्णय गरेको छ । क्याम्पस प्रशासनले यसले उनीहरुको क्षमता अझ बढाउने दाबी गरिरहेको छ । यो प्रयोग सङ्गीत, इञ्जिनीयरिङ र समाजशास्त्रका कक्षाका लागि ज्यादै उपयोगी भइसकेको ड्यूक युनिभर्सिटीका सेन्टर फर एकेडेमिक इन्टिग्रीटीका कार्यकारी निर्देशक टीम टडले बताएका छन् । रोचक त के छ भने विगत १० वर्षयता यस्तो प्रयोग गरिएकोमा परीक्षाका समयमा चोर्ने बानी क्रमशः विद्यार्थीहरुमा घट्दै गइरहेको उनको दाबी छ ।

“यदि तपाइँले विद्यार्थीका मूल्य, मान्यता र आशाहरुको अध्ययन नगरी, तिनमाथि छलफल नचलाई सीधै प्रविधिसँग जुध्छु भन्नु भयो भने यसको अर्थ हुनसक्छ, तपाइँले युद्ध हार्नुहुनेछ,” टेडले भने- “प्रविधिले विद्यार्थीलाई कसरी ध्वंसात्मक बनायो भन्ने बारेमा सोच्नु भन्दा पनि शिक्षकहरुले ती प्रविधिलाई कसरी तिनै विद्यार्थीमा सही उपयोग गर्न सकिन्छ भन्ने तिर सोच्न जरुरी छ । अनि मात्र यो समस्या समाधान हुनसक्छ ।”

May 31, 2009 Posted by | IT | Leave a comment

प्रविधिको कमाल !


अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे ।

अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो ।
एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।

उनले त्यो भिडियोलाई इन्टरनेटको युट्यूबडटकम (youtube.com) मा पोष्ट गरिदिए । त्यो भिडियो हेर्ने युट्यूबका दर्शकहरुले ती दुइ केटालाई चिनेर कम्प्युटर पसले थोमस कारेरलाई खबर गरे । अनि थोमसले प्रहरीलाई खबर गरेर ती ठिटालाई पक्राउ गरे ।

युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो ।

प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले  थोमस कारेर दङ्ग परेका छन् ।

May 31, 2009 Posted by | IT | Leave a comment

संसारकै तीव्र गतिको क्यामेरा


 संसारकै तीव्र गतिमा फोटो खिच्न सक्ने क्यामेराको विकास वैज्ञानिकहरूले गरेका छन् । यस क्यामेराले मात्र १ सेकेन्डमा ६१ लाख वटा फोटो खिच्न सक्छ । लेजरको प्रयोगबाट यसले तश्वीर खिच्ने बताइएको छ ।

“यो नयाँ किसिमको प्रविधि हो”, क्यालिफोर्निया विश्वविद्यालयका अप्टोइलोक्ट्रोनिक्स विशेषज्ञ केसुके गोडाले भने- “जसले संवेदनशीलता र गतिको आधारभूत सीमिततालाइ समेत चुनौति दिएको छ ।” यसको सटर स्पिड निकै तीव्र रहेको छ, जसले सफा फोटो खिच्न सक्छ ।

 “यो क्यामेरा विशेषतः माइक्रोस्कपीमा निकै काम लाग्छ । कतिपय कम गतिका वस्तुहरूका लागि उच्च रिजोलुशन भएको तश्वीर खिच्नु पर्ने भएकाले यो क्यामेरा निकै उपयोगी हुनेछ”, उनले बताए । स्टिम प्रविधि नाम दिइएको यस क्यामेराले अहिले तत्काललाइ ३ हजार पिक्सेलको क्यामेरा मात्र बन्न सकेको छ ।

जबकि अहिलेको समयमा लाखौँ पिक्सेलका क्यामेरा बजारमा उपलब्ध छन् । तर यति थोरै पिक्सेलको योक्यामेरा कति पो काम लाग्ला र ? तर गोडा र उनको समूहले यसलाइ लाखौँ पिक्सेलको क्यामेरा बनाउन लागिपरेको छ । अहिले नै तयार भएको क्यामेराले १ करोड तश्वीर एक सेकेण्डमा लिन सक्छ । तर सर्वसाधारणका लागि यो निकै महंगो हुने हुनाले व्यवसायिक रूपमा यसको उपयोग हुने कुरामा भने अहिले नै शंकाको घेरामा छ ।

May 31, 2009 Posted by | IT | Leave a comment

बढ्दै छन् यौनरोगी


समाज जति नै उदार बन्दै आए पनि यौन-समस्याका बारेमा भने हत्तपत्त मान्छेहरू खुल्दैनन् । नेपालमा २० देखि ३० प्रतिशत वयस्कहरूमा कुनै न कुनै प्रकारको यौन-समस्या रहेको अनुसन्धानहरूले देखाएका छन् । वीर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. भास्करमोहन कायस्थका अनुसार ६० वर्ष कटेका ४० प्रतिशत पुरुषमा यौन-दुर्बलता हुन्छ । उपचारका लागि अस्पताल धाउने पुरुषमध्ये धेरैमा यौन-उत्तेजना कमी हुने समस्या देखिन्छ । ँउनीहरूमा यौन-इच्छा त हुन्छ, तर उत्तेजना नै नहुने समस्या पाइएको छ,’ कायस्थले भने ।

त्यस्तै शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ तथा उपप्राध्यापक डा. रीता श्रेष्ठले पनि यौन-दुर्बलताको समस्या लिएर आउने बिरामीको संख्या बढ्दो रहेको बताइन् । डा. रीता भन्छिन्, ँअध्ययनहरूले यौनरोगी बढ्दै गएको देखाएका छन् ।’ उनका अनुसार उपचारका लागि अस्पताल धाउने यस्ता रोगीहरूको संख्या निकै बढेको छ ।

वृद्ध-वृद्धा मात्र होइन, यौन-दुर्बलताको समस्या भएका युवा पनि प्रशस्तै छन् । बढ्दो बेरोजगारी, पढाइको चिन्ता, बिग्रँदो आर्थिक अवस्था, प्रेममा असफलता, नैराश्यजस्ता समस्या भएका युवामा यौन-दुर्बलता बढी देखिएको चिकित्सकहरू दाबी गर्छन् । त्यस्तै, असुरक्षित यौन-सम्पर्क गर्ने युवामा पनि रोगको संक्रमण भयो कि भन्ने भयका कारण यौन-दुर्बलताको समस्या देखिने गरेको डा. कायस्थको अनुभव छ । ँकतिपयले त समस्या छैन भन्दा पनि पत्याउँदैनन् । रगतलगायत सबै परीक्षण गरेपछि मात्र ढुक्क हुन्छन्,’ डा. कायस्थ भन्छन् । वेश्यालयमा गएर यौनकर्मी महिलासँगको यौनक्रीडापछि यौनजन्य रोग लागेर सामान्य वा गम्भीर समस्यामा परेर आउने यौनरोगीमध्ये ३० वर्षभन्दा कम उमेर समूहका युवा पनि छन् ।

यौन-सम्पर्क र यौनसुख मानसिक सन्तुष्टिसँग जोडिएको विषय मानिन्छ । वीर अस्पतालको यौन तथा चर्मरोग विभागका वरिष्ठ यौनरोग विशेषज्ञ डा. केशरमान मल्लका अनुसार यौन-समस्या भएकाहरू आधा पनि चिकित्सकसम्म पुग्दैनन् । उनी भन्छन्, ँहामीकहाँ यौनरोग लागिहाले पनि हत्तपत्त चिकित्सककहाँ पुग्ने बिरामी निकै कम मात्र भेटिन्छन् । लज्जा वा सामाजिक अपहेलनाको डरले अधिकांश रोगीले रोग लुकाउने गरेका छन् ।’

डा. मल्लका अनुसार धेरै यौन-उत्तेजना नहुने समस्या महिला र पुरुषमा समान रूपमा हुने भए पनि अस्पताल आउने महिलाको संख्या निकै कम रहेको पाइन्छ । उनी भन्छन्, ँयौन दुर्बलता पुरुषमा मात्र देखिने समस्या होइन, यो त महिलामा पनि भेटिन्छ । तर, सामाजिक कारण वा लाजले गर्दा महिलाहरू आफ्नो समस्या लुकाएरै गुम्सिरहेका हुन्छन् ।’

यौनरोगीहरू अन्तिम अवस्थामा मात्र डाक्टरकोमा पुग्छन्, सकेसम्म मेडिकलतिरबाट औषधि गरेर निको हुने प्रयास गर्छन् । यौनांगमा घाउ भएका, मुसा वा खटिरा आएका र पीप बगेका धेरै बिरामी पनि अस्पताल धाउने गरेका छन् । ँपिसाब पोल्ने, यौन-सम्पर्क गर्दा यौनांग पोल्ने, गोनोरिया, हर्पिजजस्ता रोग लागेका बिरामी बढी छन्,’ डा. श्रेष्ठ जानकारी दिन्छन्, ँपुरुषका तुलनामा महिलामा यौनरोगका लक्षण ढिलो देखापर्छन् ।’

May 30, 2009 Posted by | Sex, Sex Life | Leave a comment

माधव नेपालका सफलताका सम्भावनाहरू


उटा असफल विगतको भारी बोकेर रौतहटका कम्युनिष्ट नेता माधवकुमार नेपाल गणतंत्र नेपालका दोस्रा प्रधानमंत्री भएका छन | जतिसुकै मंदमुस्कानका साथ बालुवाटार प्रवेश गरेपनि स्थितिको गाम्भिर्यबारे उनी राम्रैसँग अवगत हुनुपर्छ र होलान पनि |

माधवकुमार नेपालका अगाडी समस्याहरूको चाङ्ग होइन थुप्रो छ | राजनीतिक रूपमा उनी आफ्नै पार्टीका सर्वशक्तिमान नेता होइनन; पार्टीको नेतृत्व उनका प्रतिद्वन्द्वीको हातमा छ | नेपाली कांग्रेसका वयोवृद्ध सभापति कोइराला सिद्धान्तनिष्ठ र असल नेताका रूपमा चिनिँदैनन | उनको अहिलेको रणनीति देशलाई राजनीतिक निकास दिनु होइन, बरू यो जटिल परिस्थिथिमा धमिलो पानीमा माछा मार्दै आफ्नी बेरोजगार छोरीलाई कांग्रेस र देशको विर्ता सुम्पिनु हो | कोइरालापछिका देउवा, पौडेल र अर्का कोइराला माधव नेपालकै पुस्ताका नेताहरू प्रधानमंत्रीका सहयोगी हैन प्रतिस्पर्धि रूपमा प्रस्तुत हुन सक्छन | गठबन्धनको तेस्रो घटक फोरम पनि विवादको घेरामा छ | गच्छदार-यादवको मनमुटावले यो पार्टीको स्थावित्वमा थुप्रै प्रश्नहरू खडा गरेको छ | देशको धरातलीय यथार्थबाट धेरै टाढा साना पार्टीहरूको त कुरै छोढौँ |

आफ्नी गठबंधनबाहेक प्रम नेपालको अर्को टाउकोदुखाई हो; प्रतिपक्षी नेकपा (माओवादी) को राजनीतिक पंक्ति र त्यसको सेना | विश्व इतिहासले देखाइसकेको र नेपालमा पनि हालसालै चरितार्थ भएको सत्य हो; उग्रधारका वामपन्थीहरू संस्थापना चलाउनु भन्दा विरोध गर्न, विद्रोह गर्न र भत्काउन धेरै सफल देखिन्छन | उनीहरूको राजनीतिक पूँजी र परिचय नै विद्रोह अथवा त्यसको धम्की हो | विद्रोह र क्रान्तिका कुरा नगरी माओवादी नेतृत्वले आफ्ना कार्यकर्ता वशमा राख्न सक्दैन | अनि आफु तल परेका बेला माओवादीले सेना समायोजन हुन दिँदैन | समायोजनको जस्तो सहमति जुटाए पनि प्यालेस्टाइनी नेता यासेर अराफात जस्तै एउटा न एउटा बखेडा निकालेर उ त्यसमा समेल हुँदैन |

यस्तो अवस्थामा माधव नेपालका वरिपरि समस्या र समस्याबाहेक केही पनि देखिँदैन | तर समस्याहरूसँगै सम्भावनाहरू हुन्छन् र समस्याहरूले नै सापेक्ष नेतृत्व र नेता जन्माउँछ भन्ने कुरा बिर्सनु हुँदैन | यिनै समस्याहरूको आँधीले उद्वेलित समुद्रमा सहमति र सहकार्यको नाऊ खियाएर नयाँ प्रधानमन्त्रीले किनारासम्मा हामीलाई ल्याएभने उनको थर वास्तवमा नै देशको पर्यायवाची शब्द बन्नेछ | र, माधव नेपालले देशको इतिहासमा राम्रो छाप छोड़ने केही सम्भावनाहरू छन |

पहिलो, माधवकुमार नेपाल कुनै सिद्धान्तनिष्ठ र जनमत बनाउने खुबी भएका नेता होइनन | यसका लागी बाबुराम भट्टराई र पुष्पकमल दाहाल नै काफी छन् | विभिन्न नेता-कार्यकर्ताहरूसँग भेटघाट गर्ने, कुरा गर्ने अनि सहमतिमा ल्याउने उनको वेग हेर्दा उनी राम्रो राजनीतिक व्यवस्थापक हुन् भन्ने देख्न सकिन्छ | र, देश नराम्ररी चिरा-चिरा परेको बेलामा चाहिने नेतृत्व नै यस्तै हो | साथै, प्रम नेपालको राजनीतिक पोजिसन यसको लागि एउटा राम्रो पक्ष हुन सक्छ | उनी उग्र वामपन्थी पनि होइनन र कहलिएका दक्षिणपन्थी पनि होइनन | अनि उनीसंग राजनीतिक व्यवस्थापनको लामो अनुभव छ | उनकै पालामा एमाले फुटेको र जुटेको हामीले बिर्सनु हुँदैन |

दोस्रो, माधव नेपाल अन्तराष्ट्रिय समुदायका लागि राम्रो बच्चा (good kid) ठहरिन सक्छन | भारत लगयत अरू मुलुकहरू माओवादीहरूको उग्र वामपन्थी चिन्तनबाट वाक्क भएको सहजै अनुमान लगाउन सकिन्छ | साथसाथै, जनस्तरको राजनीतिमा राम्रो पकड भएपनि सभ्रान्त राजनीति (white colour politics) मा उनीहरुले मित्रहरु कम र शत्रुहरू ज्यादा बनाए | सैद्धान्तिक रूपमा अमेरिका र युरोप उग्र वामपन्थलाई पटक्कै मन पराउँदैनन र भारतको पनि आफ्नै माओवादी समस्या छ | यसका अलावा यसपटकको लोकसभाको निर्वाचनको लज्जास्पद पराजयपछि भारतीय वामपन्थीहरू अत्यन्त कम्जोर बन्न पुगेका छन् | यिनै कारणहरूले यी विदेशी “प्रभु”हरू माओवादीको राम्रो भविष्य हेर्न चाहँदैनन |

अब रमाइलो कुरा के छ भने, माओवादी र एमालेको राजनीतिक जनाधार एउटै हो | कांग्रेस समर्थक माओवादीमा जाने र माओवादीका कार्यकर्ता कांग्रेस मा प्रवेश गर्ने कुरा असम्भवप्राय नै हो | पुच्छर जेसुकै झुण्ड्याएपनि माओवादी र एमाले पार्टीको नाम एउटै शब्दसमूहबाट शुरु हुन्छ : नेपाल कम्युनिष्ट पार्टी | तात्पर्य के हो भने एउटा पार्टी बलियो भयो भने अर्को कमजोर हुन्छ | यो तथ्यलाई विदेशी शक्तिहरू, खासगरी भारतीय राजनीतिज्ञहरू र कर्मचारीतन्त्रले राम्रोसँग बुझेका छन् | बलियो माधव नेपाल नेपाल भनेको कमजोर पुष्पकमल दाहाल भन्ने तथ्यलाई मध्यनजर गर्दै राकेश सुद र उनको सरकारले अहिलेकै प्रधानमन्त्रीलाई सघाउने देखिन्छ |

तेस्रो, माधव नेपालले शुरुवात पनि राम्रै गरेका छन् | खासगरी उनको सम्बोधन माओवादी नेताहरुको कर्कश गाली भन्दा धेरै नरम र सबैलाई समेट्ने किसिमको छ | आफू उभिएको ठाउँबाहेक सबैतिर षड्यन्त्र मात्रै देख्ने माओवादी नेताहरुको एउटा राम्रो विकल्पको रूपमा नेपालले आफूलाई देखाउन खोजेका छन् | समग्रमा भन्नुपर्दा प्रचण्डको गाली, धम्की र आधारहीन चर्को रापभन्दा माधव नेपालको मिलनसार प्रवृत्तिको शीतल सम्बोधन नै यो पंक्तिकारलाई राम्रो लागेको छ | आखिर लोकतन्त्र भनेको उग्रवाद हैन, सडकका बार भत्काउने जोश हैन; यो त शान्त सहमति र सहकार्यको साझा कार्यक्रम हो |

यिनै समस्याहरू र सम्भावनाहरू बीच माधव नेपालले कस्तो यात्रा तय गर्छन; यो त भविष्यले बताउला | उनको सफलता नै देशको सफलता ठान्दै यो पंक्तिकार उनलाई सुखद यात्राको शुभकामना दिन चाहन्छ |

जय नेपाल

May 30, 2009 Posted by | Politics | Leave a comment

कुन विवाह सफल ?


के विवाह गर्नैपर्छ – विवाह नगरी खुशी रहन सकिँदैन र – सकिँंदैन भन्ने हो भने विवाह नै नगरेका कतिपय महिला तथा पुरुषहरू दुःखी रहेका ज‚ता लाग्दैनन् । पहाड ज‚तो भनिने जीवन एक्लै नै बाँचिरहने थुप्रै व्यक्तिहरू तपाईँ हाम्रो वरिपरि नै भेटिन्छन् । धेरै मानिसहरू ‘विवाह’ को बोर्ड पछाडि दुःखी भेटिन पनि सक्छन् । त्यसैले होला, विवाहलाई त्यो फल भनिएको छ, जुन खाएर पनि मानिसहरू पछुताएकै छन् र नखाएर पनि पछुताएकै छन् । पहिले पहिले मानिसहरू परम्परागत रूपले मागी विवाह बढी गर्थे । परिवारले छानेको, आफ्नो कुल मर्यादा अनुसारका केटा र केटीबीच विवाह हुन्थ्यो । विवाहभन्दा अघि घुम्न जाने त परै जाओस्, एक अर्कालाई राम्रोसँग देखेका पनि हुँदैन थिए ।

बदलिँदो समयसँगै शिक्षा, परिवर्तित सोचाइ र खुलापनले गर्दा हाम्रो समाजमा हिजोआज प्रेम विवाह गर्ने चलनमा पनि उल्लेख्य वृद्धि भएको छ । सोध्दा पनि मानिसहरू प्रेम विवाहकै पक्षमा बढी वकालत गर्छन् । प्रेम विवाह गर्दा विवाह अघि नै एक अर्कालाई राम्रोसँग बुभ्mन सकिने, आनीबानी थाहा हुने भएकोले जीवन साथीसँग व्यवहार गर्न सजिलो पर्छ । विरलै भए पनि हाल आई केही समलिङ्गी विवाह पनि प्रकाशमा आएका छन् । समान लिङ्गमा हुने य‚ता अप्राकृतिक विवाह कुन हदसम्म सफल हुन्छ भन्ने कुरा त हर्ेर्नै बाँकी छ तर भावनात्मक रूपले प्रेरित भई गरिएका य‚ता विवाह लामो समयसम्म पनि टिक्ला भन्ने कुरामा भने धेरैलाई शङ्का हुनसक्छ । सतही रूपमा हर्ेर्ने हो भने मागी विवाहको तुलनामा प्रेम विवाहमा केटा र केटी पर्ूव परिचित हुन्छन्, पर‚परमा माया र विश्वास बढी हुन्छ र यसले गर्दा य‚ता विवाह बढी सफल र टिकाउ हुन्छ भन्ने धारणा हुन्छ तर धेरै प्रेम विवाहका पनि दुःखद् अन्त्य भएका छन् ।

एक नेवार केटीले बाहुन केटासँग वर्षौँको प्रेमपछि विवाह गरेकी थिइन् । विवाहपछि दशौँ वर्षम्म पनि उनीहरूका कुनै सन्तान भएन । पछि आफ्नै घरमा डेरा गरी ब‚ने अर्कै एक बाहुनी केटीसंग केटाको सम्बन्ध ब‚यो । पहिली श्रीमतीसँग माया बसी गरेको विवाह पनि लामो समय टिक्न सकेन र त्यसको अन्त्य पारपाचुकेमा भयो । त्य‚तै अर्को एक जोडी पनि प्रेम विवाह गरी बीसौँ वर्षम्म सफल दम्पतिका रूपमा बसेका थिए । दर्ुइ छोरीहरू विवाह गर्ने उमेरका भइसकेका पनि थिए तर छोरीहरूलाई अन्माएर पठाउनुको सट्टा ती महिला आफ्नो घर परिवार छाडेर आफै आफ्नो व्यवसाय हर्ेर्ने परपुरुषसँग गइन् । प्रेम विवाह गरेर पनि पर्ूण्ा सन्तुष्ट नभएकाहरू ‘परम्परागत विवाह गरेको भए बरु पछिल्ला वर्षरूमा माया बढ्दै जान्थ्यो कि !’ भन्ने भ्रममा रहन्छन् ।

मेरी एउटी साथी सधैँ प्रेम विवाहको विपक्षमा कुरा गर्थिन् । परम्परागत रूपमा मागी विवाह गरेकी उनी हिजो आज भन्न थालेकी छिन्, “शायद माया गरेको व्यक्तिसँगै प्रेम गरेर विवाह गरेकी भए जीवन आज यत्ति निरस, सुख्खा र अतृप्त हुँदैनथ्यो होला ।” कुलीन घराना र सम्पन्न परिवार भएकोले एक परिचित महिलाको कम उमेरमै पारिवारिक विवाह गराइएको थियो । उनीहरू श्रीमान् श्रीमती दुवैले दुःखसुःख गरी जिन्दगीमा लामो यात्रा तय पनि गरे । उनीहरूका दर्ुइ छोराछोरी पनि भयो । आफ्नो व्यापार बढाउनका लागि श्रीमान् विदेश गए, एक विदेशी केटीसँग उनको सर्म्पर्क र सम्बन्ध बढ्यो । ‚व्ादेशमा परिवारसँग हुँदा विवाहोत्तर सम्बन्धको कुनै गाइँगुइँसम्म नचलेको उनै पुरुष बाहिर गएको केही समयमै विदेशीसँग सम्बन्ध मात्र रहेन, गर्भपतनै गराउनुपर्ने ‚थिति पनि आइपर्‍यो । अहिले उनकी श्रीमती श्रीमान् तह लगाउन विदेशमा श्रीमानसँगै बसेकी छिन् तर युवा छोराछोरी घरमा अभिभावकविहीन भइबसेका छन् । उनीहरूको विवाहलाई असफल भन्ने हो भने आफन्तका आँखामा उनी विदेशमा श्रीमान्सँग बसेकी छिन्, सफल भन्नलाई उनको मन सधैँ श्रीमान्प्रति शङ्कालु भइरहन्छ । विवाह एउटा सामाजिक सं‚कार हो र एउटा विश्वास पनि । दर्ुइ परिचित वा अपरिचित महिला तथा पुरुषले एक अर्कालाई आफ्ना हरेक सुखदुःखमा साझेदार बनाई सँगै जीवनयापन गर्न विवाह गर्दछन् । त्यसो त विवाह नै नगरी जोइपोइको रूपमा सँगै ब‚ने र सन्तान जन्मिसकेपछि मात्र दुवैले चाहेमा विवाह गर्ने विदेशी सं‚कृति पनि नभएको हैन । हामी हाम्रो सं‚कृतिभित्र विवाहलाई एउटा पवित्र र धार्मिक रीति मान्दछौँ । चाहे परम्परागत रूपमा गरिएको विवाह वा प्रेम विवाह नै किन नहोस्, त्यसको सफलता भन्नु त्यसको दिगोपना हो । ब्रिटनी ‚पेयरको ज‚तो ‘आज विवाह, भोलि पारपाचुके’ भयो भने विवाहको नाममा एउटा तमाशा मात्र हुन्छ, विवाहको नामप्रति विश्वास नभई वितृष्णा उत्पन्न हुन्छ ।

सफल विवाहका लागि लामो वैवाहिक जीवन मात्र पनि पर्याप्त हुँदैन । कतिपयले व्यक्तिगत र पारीवारिक कारणले पनि सामाजिक प्रतिष्ठाका लागि असन्तुष्ट विवाहलाई अनावश्यक रूपमा लम्ब्याइरहेका हुन्छन् । त्य‚तो अव‚थामा दुवैले जिन्दगी बाँचिरहेका हुँदैनन्, बाध्यतामा मात्र घिसारिरहेका हुन्छन् । समाजका कुनै कुनै प्रतिष्ठित परिवारहरूका घरमा भौतिक सुखसाधनको त कुनै कमी हुँदैन, कमी हुन्छ भने परिवारसँग खर्चिने समयको । श्रीमान् वा श्रीमती वा दुवै पद, प्रतिष्ठा र पैसाका पछाडि लागिपरेका हुन्छन् । समाजका आफ्ना विशिष्ट साथीभाइहरूका लागि तारे होटलका पार्टि प्रोग्रामका लागि उनीहरूसँग समय हुन्छ तर घरमा आफ्ना जीवनसाथीसँग केही समय बसेर सुखदुःखका कुरा गर्न र घरायसी सम‚याहरू सुन्न/सुनाउन फर्ुसद हँुदैन । फल‚वरूप य‚ता परिवारमा दम्पतिबीच फाटो आउँछ र धेरै जनाको नजानिँदोसँग बाहिर अरुसँग हेलमेल बढ्न जान्छ । आ-आफ्ना दोष र कमजोरी बुdmेर पनि उनीहरू अहम् र ग्लानीले गर्दा एक अर्कालाई न माफ गरिरहेका हुन्छन् न आफूलाई सच्याइरहेका हुन्छन् । श्रीमान् श्रीमती बनी एउटै खाटमा सुतेर पनि पर‚परमा अछूत ज‚तै व्यवहार गर्ने उनीहरूको विवाह मात्र एउटा औपचारिकता बनिरहेको हुन्छ ।

सफल विवाहका लागि मायाको ठूलो भूमिका हुन्छ भन्ने कुरामा विवाद नहोला । अपत्यारिलो लाग्छ तर कहिलेकाहीँ बढी माया पनि विवाह टुटाउने एउटा कारण हुँदोरहेछ । एक साथीकी टाढाकी एक आफन्त थिइन् । पारीवारिक ढङ्गले विवाह गरेकी उनलाई श्रीमान्ले अत्यन्तै माया गर्थे, आफ्नी श्रीमतीसँग हरेक कुरा सोधिरहन्थ्यो, बताइरहन्थ्यो, हर घडी श्रीमतीकै साथ रहन्थ्यो । आफ्नी श्रीमतीप्रतिको उनको अत्यधिक चाहना र माया आखिर उनको विवाहलाई धरासायी बनाउने कारक तत्व बन्न पुग्यो । श्रीमान्को सीमाभन्दा बढी मायालाई उनले आफ्नो ‚वतन्त्रताको हनन् ठानिन् । आफ्नो खुशीले केही गर्न र कहीँं जान नपाइने, हर बखत कैदी ज‚तो रहनर्ुपर्ने, कुनै कुराको पनि गोप्यता नरहने भनीे नि‚सासिएको अनुभव गर्दै ती महिलाले आफ्नो श्रीमान्सँग पारपाचुके मागी सबैलाई आर्श्चर्यचकित र ‚तब्ध पारेकी थिइन् । विवाहले केवल दर्ुइ शरीरलाई मात्र हैन, मनलाई पनि बाँध्न सक्नर्ुपर्छ । विवाहलाई टिकाउन एक अर्कालाई विश्वास, र्समर्पण र सम्मान गर्नुपर्छ भने शरीरका आवश्यकतालाई पनि बेवा‚ता गर्नु हुँदैन । शरीरका पनि आफ्नै भोक र माग हुन्छन् । य‚तो भोकको समाधान घरभित्रै भएन भने त्यसका लागि महिला वा पुरुषले बाहिर दृष्टि डुलाउन सक्छन् । आफूलाई नपुग भएको कुरा अरुमार्फ् प्राप्त गर्न खोज्दा वैवाहिक सम्बन्ध नै धरापमा पर्नसक्छ भन्ने कुराको चिन्ता उनीहरू गर्दैनन् । घरमा जवान छोराहरू भईकन पनि आफ्नी श्रीमती अधवैंसे र रसहीन भएको बहानामा कतिपय पुरुषहरू आफ्ना छोराको उमेरकी तरुनीसँग विभिन्न पिकनिक ‚पटहरूमा डुली रास रचाइरहेका हुन्छन् । विवाह उनीहरूको निम्ति उनीहरूका रसरंगलाई लुकाउने सामाजिक ढाल मात्र हुन्छ । विवाह एउटा साझा अनुभूति हो, श्रीमान् श्रीमतीको एक अर्काप्रतिको जिम्मेवारी, दायित्व, मायाप्रेम र भरोसाको । एक अर्कामाथिको भरोसा अनावश्यक शङ्का, विश्वासघात र ‚वार्थले गर्दा टुटेको दिन विवाहले आफ्नो गरिमा गुमाउँछ र त्यसपछि यो फगत एउटा नाटकमा सीमित रहन जान्छ । त्यसैले एक अर्कामाथि शङ्का गरिने ‚थिति आउन दिनुभन्दा पहिले नै त्य‚ता ‚थितिहरूबाट आफूलाई जोगाउनर्ुपर्छ ।

विवाह असफल हुनुमा एक अर्कालाई होच्याउने बानी, विभिन्न बहानामा ढाँट्ने, घरमा पर्याप्त समय नदिने र बरालिएर हिँड्ने ‚वभावहरू पनि प्रमुख कारण हुनसक्छन् । केटा वा केटीको अहम्ले गर्दा लिइने अनावश्यक अडानलाई पनि बिर्सनु हुँदैन । सफल विवाहका लागि ‘अहम्’ भन्ने कुरा ज्यादै घातक हुन्छ, यसलाई हावी हुन दिनुहुँदैन । अहम्कै कारणले कतिपय श्रीमान् श्रीमतीको बोलचालै बन्द भई जीवनका अन्तिम क्षणसम्म पनि एउटै घरमा अपरिचित ज‚तै बसेका उदाहरण पनि नभएका होइनन् । सुन्दरता र माया बाह्य आवरणमा हैन, मनभित्र वि‚वास र समdmदारीमा हुन्छ भन्न्ेा कुरा बुभ्mन सकिएमा जीवनसाथीप्रतिको आकर्षा घट्न पाउँदैन । आफ्नो जीवनसाथीको साथ, सामिप्य, र्‚पर्श, सहानुभूति र मायाको सम्बोधन हरेक दम्पतिको चाहना हुन्छ । एकले अर्काको भावनालाई बुझेर, सम्मान गरेर, दास्रोप्रति संवेदनशील हुन सक्नर्ुपर्छ । भएका गल्तीमा माफी माग्ने र दिने, हौसला र प्रेरणा दिने, आफ्नो जीवनसाथीको तुलना अरुसँग कहिल्यै नगर्ने, पर‚परको भावनामा चोट पुर्‍याउने काम कम्तीमा जीवनसाथीको अगाडि नगर्ने, नभन्ने र जतिसुकै व्य‚त भए पनि उनलाई सुन्ने समय निकालेर समर्पित रहेको अनुभूति गराउन सकियो भने दर्ुइबीचको मायामा कहिल्यै कमी आउँदैन । तन र मन सन्तुष्ट हुने विवाह नै सफल विवाह हैन र ?

May 29, 2009 Posted by | Life, Life Style | Leave a comment

पुराना बैंकले पनि ब्याज बढाउने


नयाँ खुलेका बैंकले बचतमा ब्याजदर बढाएपछि पुरानालाई पनि वृद्धि गर्नैपर्ने दबाब परेको छ । केही अघिसम्म नयाँ बैंकबीच मात्र रहेको ब्याजदर वृद्धिको प्रतिस्पर्धा अहिले स्थापित भइसकेका बैंकसम्म पुगेको छ । नयाँ बैंकले आवश्यक निक्षेप उठाउन पुरानाको तुलनामा धेरै ब्याज दिन थालेपछि पहिल्यै खुलेका बैंक दबाबमाा परेका हुन् । ६० अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ वैशाखबाट एकवर्षे मुद्दती निक्षेपमा पाँच प्रतिशतसम्म ब्याज दिन थालेको छ । गत १ कात्तिक, २०६५ मा लागू गरेको ३.२५ देखि ३.५० प्रतिशत ब्याजदरलाई बैंकले एकैपटक ३.२५ देखि ५ प्रतिशत पुर्‍याएको हो । सो बैंकले प्रदान गर्ने हायर पर्चेज कर्जाको ब्याज दरमा समेत वृद्धि गरेको छ । बैंकले सो कर्जाको ब्याज ९ प्रतिशतबाट १० प्रतिशत पुर्‍याएको छ ।

यसैगरी, ३२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको निजी क्षेत्रको हिमालयन बैंकले ९ वैशाखबाट मुद्दतीको ब्याजदर उल्लेख्य बढाएको छ । गत १ वैशाखमा कायम गरेको दरमा बैंकले तुरुन्तै वृद्धि गरेको हो । एकवर्षे निक्षेपमा १ वैशाखमा ६ प्रतिशत ब्याज दिने निर्णय गरेको बैंकले दुई साता नबित्दै ६.५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । त्यस्तै, दुईवर्षे र त्योभन्दा बढी अवधिको निक्षेपको ब्याज ६.५ देखि पौने ९ प्रतिशत पुर्‍याइएको छ । वैशाख १ मा यस्तो ब्याजदर ६.७५ देखि ७ प्रतिशत तोकिएको थियो । सो बैंकले एकमहिने मुद्दतीमा ब्याजदर ३ प्रतिशतबाट ३.२५ प्रतिशत पुर्‍याएको छ भने तीनमहिने निक्षेपको ब्याज ३.५ बाट ३.७५ प्रतिशत पुर्‍याएको छ । यसैगरी, ६ महिनाको ब्याजदर ४.२५ बाट ४.५ प्रतिशत पुर्‍याएको छ ।

हिमालयन बैंकले कर्जा ब्याज भने हालसम्म वृद्धि गरेको छैन । तर, छिट्टै कर्जा ब्याज बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । अहिलेसम्म आनन्दले बसेका पुराना स्थापित बैंक पनि ढुक्क भएर बस्ने समय गुज्रेको उनको विश्लेषण छ । ‘अब पुराना बैंकले पनि ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको छ,’ उनले भने । व्यापारिक र औद्योगिक कर्जामा बैंकहरूले ब्याजदर बढाउन सुरु गरिसकेको उल्लखे गर्दै ऋणीले थप मार सहनुपर्ने बेला आउने उनको भनाइ छ । मुलुकको अर्थतन्त्रअनुसार कर्जादर बढाउन नहुने स्थिति रहे पनि बैंकहरू ब्याजदर बढाउन बाध्य भएको उनले बताए ।

यसैगरी कुमारी बैकले गत ६ वैशाखमा बचत खातामा समेत ब्याजदर उल्लेख्य वृद्धि गरेको छ । बचत खातामा एक वर्षअघि कायम भएको ३ प्रतिशत ब्याजदर ४ प्रतिशत पुर्‍याएको छ भने ३.५ देखि ४.५ प्रतिशत रहेको विशेष बचतको ब्याजदरलाई ४.२५ देखि ६ प्रतिशत पुर्‍याइएको छ । यस्तै, बैंकले ६ महिने मुद्दती ब्याज ३.५ बाट ३.५ देखि ४ प्रतिशत पुर्‍याएको छ । एकवर्षे मुद्दती ब्याजदर ५ देखि ५.५ प्रतिशत रहेकामा ५.५ देखि ६.५ प्रतिशत पुर्‍याइएको छ । यस्तै, बैंकले दुई वर्षदेखि माथिको निक्षेपमा ६ बाट ६.५ देखि ७.५ प्रतिशत पुर्‍याएको छ । सो बैंकले कर्जा ब्याज भने बढाएको छैन ।

कम ब्याज दिनेमध्येको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने कर्जा ब्याजमा हेरफेर गरेको छ । गत १ वैशाखबाट सो बैंकले साढे ६ देखि ११.५ प्रतिशत रहेको निर्यात कर्जा दर ६.५ देखि १० प्रतिशतमा झारेको छ । एलसी कर्जा ब्याज भने ७.५ देखि ९ प्रतिशत रहेकामा ८ देखि ९ प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, सरकारी ऋणपत्र धितोमा प्रदान गर्ने कर्जामा पनि ब्याज बढाइएको छ । साढे ६ देखि ८ प्रतिशतबाट बढाएर सो कर्जादर बैंकले ७ देखि ८ प्रतिशत पुर्‍याएको छ । बैंकले औद्योगिक कर्जा पनि १० देखि ११ रहेकामा बढाएर १० देखि ११.५ प्रतिशत पुर्‍याएको छ । अन्य कर्जामा बैंकले ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएको छ । यसअघि बैंकको अधिकतम कर्जादर १३ प्रतिशत थियो ।

May 29, 2009 Posted by | Economic | Leave a comment

खलनायक प्रचण्ड


खलनायक प्रचण्ड

सडक बजारतिर मानिसका हजार सपना र संकल्पहरु सुनिरहेछु- विक्रम संवत् २०६६ को पूर्वसन्ध्यामा। तर, आफूलाई जाँगर छैन त्यतातिर, शायद भोलिका विश्वास नगर्ने भएर हो कि। बरु २०६५ तिर फर्केर हेर्न झ्वांक चलेको छ।

वर्ष २०६५ का थुप्रै नेपाली पात्रहरु छन् जसले हामीजस्ता भाषण खबर बनाउने पत्रकारलाई लाखौं इस्यू दिए। तर कलम केन्द्रित हुँदैछ खलनायक छविलाल दाहाल याने पुष्पकमल मने कमरेड प्रचण्डतिर।

प्रचण्डका फ्यानहरु, माओवादी रोमान्सका हिमायतीहरु माफ गर्नुहोला है-खलनायक शब्द उपमाका लागि। यसका आधार कारण बग्रेल्ति छन्।

पछिल्लो पटक प्रचण्डले मिर्मिरे प्रांगणमा भाखा हाले- ठूला मिडिया तस्करको हातमा भएकोले तिनमा जनताको सूचना पहुँच भएन।

यसपूर्व चैत २४, २०४६ को क्रान्ति दिवसलाई सम्झँदै खुलामञ्चबाट कुर्लिए … के ठान्छन् है, तिनका बाउको बिर्ता हो नेपाल भन्ने राष्ट्र ? काँग्रेस एमालेहरुलाई कटाक्ष गर्दै प्रचण्ड गर्जे-’के तिनले ल्याएका हुन् त हाम्लाई शान्तिमार्गमा ? जनताले ल्याए !’ जनताको अपमान यो भन्दा बढी के हुनसक्छ ? अझ प्रचण्ड गर्जनका अनिगिन्ति वाणी प्रासङ्गिक भए पनि सापटी लिएर उल्लेख गरी साध्य छैन। त्यसैले त्यतातिर नलेखेकोमा माफ दिनुस्।

मान्छे परे ठूला, १४ हजार बढीको कत्लेआम गरेको दशक लामो मान्छेमारा युद्धका प्रेणता, नायक र माउवादीका सदाबहादुर सुप्रिमो, नेपाली गणतन्त्रका प्रवर्द्धक, जननिर्वाचित पहिलो कार्यकारी प्रधानमन्त्री वाह ! झल्झली सम्झिए, प्रधानमन्त्रीको गरिमा, जनयुद्धका नायकको वीरतावाणी कस्तो सुहाएको ? जाबो बबुरो हो नि कार्यकारी प्रधानमन्त्री प्रचण्डका सामु।

ठीकै हो ठीक न्याय गरे प्रचण्डले खुलामञ्चका गर्जनबाट। किनकि उनलाई नायक देख्‍नेहरु पो उल्लु हुन् त। आखिर जातैले पाका रैछन् उनले त खलनायकत्व।

जनयुद्ध जितेर हैन गिभ एण्ड टेक गरेर अर्थात नयाँ दिल्लीसँग लम्पसार परेर उनले बाह्र बूँदे समझदारीको जगमा सिंहदरबारको यात्रा तय गरेका थिए। अर्थात् शान्तिमार्गमा रुपान्तरणका उनी नायक थिएनन्। मात्रै बुँख्याचा। नायक थियो भारत भन्ने त जगजाहेरै छ।

वर्ष ०६५ को प्रारम्भमा नै उनले संविधान सभाको चुनावमार्फत् जनादेश पाए सरकार चलाउने नयाँ संविधान बनाउने। रकमी गिरिजाबाबुको च्याँखे दाउ र छलकपटबाट प्रधानमन्त्री हत्याउनै चार महिना बढी पसिना बगाउनु पर्‍यो। फेरि झलनाथको झोली भर्न बल्खुमा निकै पापड बेल्दाबेल्दै प्रचण्डमण्डल तय गर्न पनि निकै बेर लाग्यो। जे होस् भारतीय डिजाइनमा भए खासाका गणतान्त्रिक प्रधानमन्त्री।

प्रधानमन्त्रीका रुपमा ल्याए महत्वाकांक्षी बजेट। उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्दै गर्जाए बाबुरामलाई। तर बजेटको मध्यान्तर वर्षसम्म आयकरको दायरा बढ्दाबढ्दै राजश्व खर्च शून्य।

स्थानीय निकाय गठन शून्य। देशमा विकास क्रियाकलाप शून्य। जातीय, क्षेत्रीय, लिङ्गीय, भौगोलिक भागदावी र आन्दोलनको निरन्तरता बढोत्तरी। गज्जब गरे-प्रम प्रचण्डले।

संसारकै सोह्र घण्टा लोडसेडिङ हुने राजधानी बनाए काठमाडौँलाई। राजमार्ग सबसे बढी बन्द हुने देश बनाए मुलुकलाई। गफै गरेर विरोधी सफाया गर्ने दुस्साहसमा त सगरमाथा भन्दा अग्लो कीर्तिमानै बनाए। वाह ! के गरेनन् र क. प्रचण्डले। सावित गरी छाडे आफ्नो खलनायकत्व।

ज्ञानेन्द्र मूर्ख थिए-मच्चिए मच्चिए थच्चिए। गिरिजा पटमूर्ख थिए, ज्ञानेन्द्रको रिसले काँग्रेस डुबाइदिए। माकुने-झलनाथ बेवकुफ थिए- थाङ्नामा सुताइ दिए। बाँकी थियो अवसरवादी उपेन्द्र यादवहरु, उनीहरुलाई मन्त्रीमा थन्काइदिए। बस् उनले सके आफ्नो खलनायकत्व प्रमाणित गर्न।

सरकार गिराउन भारत पुगेका गिर्जालाई लोप्पा खुवाउने वातावरण बनाए। बेबीकिङको दुस्वप्न देख्‍ने ज्ञानेन्द्र-पारसलाई दरबार हत्याकाण्ड छानबिनको घुर्की देखाएर बकबक गर्न हौसाए। बस गरे प्रमाणित मै हुँ खलनायक क. प्रचण्ड भनेर।

प्रचण्डका सूत्रधार बादल भन्थे मान्छे। तर रुक्मांगत कटवालले नै थाङनामा सुताए प्रचण्डलाई। हरुवा नै भैगए क. बादल त। अदालतबाटै हारे जर्सापहरुको अवकाश प्रकरणमा। पाँचौ राष्ट्रिय खेलकुदका लडाकुलाई खेलाए, सैनिक खेलाडीले पिठ्यूँ फर्काइदिए। जिते प्रचण्डले आफ्नै पहिचान।

नेकपा माओवादीलाई एकीकृत नेकपा माओवादी बनाए। रेभुलुसनरी लेफ्ट विङ जन्माए। मातृका माओवादीको पुर्नजन्म गराए, लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थारुहट,जनसेनाको निर्माण गराए। वाह ! सैनिकीकरणको नयाँ श्री गणेशमा कस्तो च्यालेञ्ज गर्ने र प्रचण्ड पौरखलाई ?

कुरो रह्यो स्थायी शान्ति, समय मै संविधान निर्माण र राज्य रुपान्तरणको। यो सबै अहिल्यै सिद्धिए-के मुद्दा लिएर बस्नु नि सरकारमा। त्यसैले तत्सवाल तपसिलमा थाति राख्दै जिते प्रचण्डले खलनायकत्वको गाथा। यही हो प्रचण्डको वर्ष २०६५ को जयगाथा बधाई वर्ष उपलब्धिलाई, शुभकामना प्रचण्ड गणलाई।

May 29, 2009 Posted by | Politics | Leave a comment

गणतन्त्रको वर्ष दिनः के पायौँ, के गुमायौँ ?


उपलब्धिहरु
– १० वर्षे जनयुद्धकारी माओवादीलाई नौ महिने सत्ता स्वाद

– एक थान राष्ट्रपति डक्टर रामवरण यादव

– एक थान उपराष्ट्रपति परमानन्द झा

– २ थान प्रधानमन्त्री पहिलो प्रचण्ड, दोस्रो माकुने

– दर्जन थान मन्त्रीहरु

– कैयन् थान राजनीतिक नियुक्तीहरु

– नारायणहिटी राजदरवार संग्रहालयमा परिणत

खास परिवर्तन
– केही नगरपालिका, मर्ने मारिने जति सबै सहीद घोषित, सडक क्याम्पस आदिको राजाहरुसँग जोडिएका नाम रुपान्तरण

विश्वकै एकमात्र हिन्दु अधिराज्यको खारेजी

असरहरु
– २४० वर्ष लामो राजसस्थाको नागार्जुन स्थानान्तरण

– शाहवंशीय राज दरबारमा परराष्ट्र मन्त्रालय

– देशभर शसस्त्र समुहहरुको निरन्तर उदय

– थारुहट सेना ताम्सालिङ सेना लिम्बुवान खुम्बुवान सेना तराई मधेशमा दर्जनौ शसस्त्र समुहहरुको उदय आक्रमण र प्रभाव

– सीमा अतिक्रमणमा भारतीय तिव्रता

– भारतीय राकेश सुद प्रधानमन्त्रीका अघोषित सल्लाहकार

– प्रधानमन्त्री प्रचण्डका निवासमा राजदूत राकेश सूदका डेरा

– शपथ नखादै माकुनेद्वारा सूदसँग भेटघाट

– चीनद्वारा नयाँ शान्ती मैत्री प्रस्ताव चीनिया चासो तिब्र

– अमेरिका र इयू राजदूतहरु हरेक राष्ट्रिय मामलामा दावी।

– पशुपतिका मुलभट्ट नेपाली राख्ने प्रयाश विफल

– प्रधानसेनापति अबकाश प्रकरणमा कलाविहिन नाटक मंचन

– प्रचण्ड गठबन्धन सरकारको अवशान

– सत्ता राजनीति माओवादी र गैर माओवादी कित्तामा विभाजित ।

– २ ठाउँबाट चुनाव हारेका माकुने याने विवादास्पद राष्ट्रघाती महाकाली सन्धीका सूत्रधार विहार पुख्र्यौली घर भएका बाम माकुने कार्यकारी प्रधानमन्त्री

– सबैभन्दा ठूलो दल माओवादी मुख्य विपक्षी

– नेपाली गणतान्त्रिक प्रजातन्त्रको ऐतिहासिक यूगीन ठट्टा।

ज्यूँका त्यूँ
– १९ हजार बढी क्यान्टोमेन्टका माओवादी लडाकुको व्यवस्थापन समायोजन र पुर्नस्थापना जहाँको त्यही ।

– जनयुद्ध र जनआन्दोलन पीडितहरुको पीडा जस्ताको तस्तै ।

– संघीयताको मुद्दा अन्धाले हात्ती छामे जस्तै कथामा परिणत ।

– शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र नयाँ संविधान निर्माण प्रकि्रया हात्ती आयो हात्ती आयो फुस्सा।

पूर्व राजाको भूमिका
– वडो अचम्भ ! पूर्व राजा ज्ञानेन्द्र मात्रै नागरिक सर्वोच्चताका असल अनुयायी ।

– जेठ १५ को संविधानसभा घोषणानुसार जेठ २९ मा नारायणहिटी र गद्दी परित्याग

– चुपचाप र गुमनाम भूमिकामा पूर्वराजा

– भारतको तीनसाता लामो भ्रमणबाट वेवी किङको विश्लेषण ।

– पूर्व यूवराजा पारसबाट पनि गणतन्त्र स्वीकारेको खुलासा ।

– िसंगापुरे एक दैनिक मार्फत चुनाव लडेर सत्ता लिने स्वनिल घोषणा

– पूर्व राजा र राजपरिवार नै पो गणतन्त्रवादी

पृथक पहिचान
– राष्ट्रपति डा यादव विवादमा

– सेनापति प्रकरणमा अदालतका बहस पात्र

– उपराष्ट्रपतिको भुमिका नपाएको गुनासो

– हरुवा नेता कार्यकारी प्रधानमन्त्री

जनताको पोल्टोमा
– आकासिदो महंगी

– निरन्तर असुरक्षा

– ठप्प विकास निर्माण

– अभाव तनाव र दवावको नयाँ श्रृंखला

अब के होला
– गणतन्त्रको नेपाली ठट्टा त पुरा हुन बाँकी छ भर्खर सुरु भो।लाग्छ यसको आयू अरु कसैले हैन माओवादी कँग्रेस र एमालेहरुले नै छोट्याउदै छन्।दुई ध्रवीय राजनीतिले गणतन्त्रले खोजेको संस्कार परिमार्जन र विकासे परिवर्तन जति भूल्छ उती संकट बढ्छ-उही गणतन्त्रको। नेपाली गणतन्त्रले गुमायो नेपाली गान्धी।कम्तिमा गणेशमान िसंह किशुनजी मदन भण्डारी वा बाबुराम भट्टराईसम्म। तर गणतन्त्रले पलायो परमानन्दहरु माकुनेहरु। बस यिनैले खान्छन् सिध्याउँछन् गणतन्त्र। यो पक्का छ।

चाहिएको र हुनुपर्ने के
– नयाँ शीराबाट राष्ट्रिय सहमति निर्माणको विकल्प छैन ।

– असहमतलाई निषेधको राजनीतिमा पूर्ण विराम

– राजा वा राजसंस्था सहितको नयाँ मोडेलको गणतन्त्र ।

– मात्रै सास्कृतिक धार्मिक र राष्ट्र प्रमुखका रुपमा राजसंस्थाको पुर्नस्थापना

– राजसस्थालाई धार्मिक साम्प्रदायिक सास्कृतिक र सबै जातीय बर्गिए एकताका प्रतिकका रुपमा स्थापित गर्ने ।

– देखियो नी प्रचण्डको क्रान्ति देखि गिरिजाको शान्ति

– अब देश टुक्र्याउन गृहयुद्ध मच्चाउनु भन्दा नयाँ परिवेशमा नयाँ एकता सहकार्य सहमति र सहयात्रा गरे के विग्रन्छ र

– नत्र तेश्रो शक्ति जन्मिन्छ जहाँ सबैको विनास बाहेक के हुन्छ र यदि विदेशी सेना नेपाली छिरे के

– अन्तमा फेरि फेरिको गणतन्त्र दिवस म भन्दा माथि मेरो देश भन्ने व्यवहारिक अनुभूतिसाथ मनाउन पाइयोस्। थप फेरि लेखौंला।

May 29, 2009 Posted by | Politics | Leave a comment