Ramkeshar’s World

A Complete Website

अफगानिस्तान : हवाइ आक्रमणको छानविन गरिने


 अफगानिस्तान : हवाइ आक्रमणको छानविन गरिने

 

 काबुल, बैसाख २८/ अफगानिस्तानमा डेढ सय भन्दा बढि सर्वसाधारणको ज्यान जाने गरी अमेरिकी सेनाले गरेको हवाइ आक्रमणको अमेरिकाले छानबिन गर्ने भएको छ ।
अमेरिकाका केन्द्रीय सैनिक कमाण्डका प्रमुख जेनेरल डेभिड पेटि्रयसले अफगानिस्तानमा तालिवान व्रि्रोही विरुद्ध अमेरिकी सेनाले गरिरहेको कारबाही र यसै साता आमनागरिकको मृत्यु भएको विषयमा तत्कालै छानबिन गरिने बताए । वासिङ्टनमा बोल्दै उच्च सैनिक कमाण्डर पेटि्रयसले यसै साता भएको आक्रमणको छानबिनका लागि एकजना ब्रिगेडियर जनरलको नियुक्ति गरिसकेको जानकारी दिए ।
उनले यसै साता भएको अमेरिकी आक्रमण दुखदपर्ूण्ा भएको र भविष्यमा यस्ता घट्ना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको बताइएको छ । अफगानिस्तानका राष्ट्रपति हामिद कारजाइले अमेरिकी सेनाले गरेको सैन्य कारबाहीले तालिवान भन्दा पनि र्सवसाधारणलाई नोक्सानी पुगेको बताए लगत्तै अमेरिकी उच्च कमाण्डरको यस्तो प्रतिक्रिया र्सार्वजनिक भएको हो ।
अफगानिस्तानका राष्ट्रपति कारजाइले पछिल्लो साता भएको अमेरिकी हवाइ आक्रमणमा डेढ सय र्सवसाधारण मारिएको भए पनि त्यसको अमेरिकाले अस्वीकार गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।

May 11, 2009 Posted by | Afghanistan | Leave a comment