Ramkeshar’s World

A Complete Website

लामा औँला भएकाहरु खतरनाक चालक


लामा औँला भएकाहरु खतरनाक चालक

लामा औँला भएका व्यक्तिहरु कार दौडाउनमा बढी नै रुचि लिने र तिनीहरुले खतरनाक तरिकाले गाडी ओभरटेक गर्ने तथा अवैधानिक तरिकाले पार्किङ गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

टेस्टोस्टेरोन हार्मोनका कारणले मानिसको शरीर कस्तो हुने भन्ने निश्चित गर्ने भएकाले औँलाका लम्बाई गर्भैमा टुङ्गो लाग्ने अध्ययनले सुझाएको छ ।

यसअघि गरिएका केही अध्ययनले पनि साइँली औँलाको आकार र प्रकारले व्यवहार र स्वास्थ्यमा शक्तिशाली हुने वा नहुने भन्ने कुराको निधो गर्ने बताएका थिए ।

गर्भमा रहँदा टेस्टोस्टेरोन हार्मोनले काम गर्ने र पछि जीवनमा दिमागले काम गर्ने गरेको अध्येताहरुले बताएका छन् । जर्मनीको युनिभर्सिटी अफ मानिएजका अध्ययेताहरुले ७७ जना अनुमानित ३८ वर्षो चालकहरुमाझ गरेको अध्ययनले यो कुरालाई पुट दिएको हो ।

७७ जनाको विगत पाँच वर्षो ड्राइभिङ इतिहास अध्ययन लामा औँला भएका चालकहरुले एकदेखि २० पटकसम्म विभिन्न नियम उल्लङ्घन गरेको पाइएको थियो । हालै प्रकाशन गरिएको “एक्सिडेन्ट एनालिसिस एण्ड प्रिभेन्सन” अध्ययनमा यो कुराको उल्लेख गरिएको हो । लामो साइँली औँला भएको व्यक्तिले बढी दर्घटना गराउन सक्ने सम्भावना रहने हुनाले गर्भमै हार्मोनको गडबडीबाट बचाउने प्रयास गर्नुपर्छ ।

June 22, 2010 Posted by | Extra | Leave a comment

Art Of Snow


Art Of Snow

हिमकला : चीनको उत्तरपूर्वी हेलोङ प्रान्तको हार्बिनमा आज बिहीबारदेखि शुरू हुने २०औं अन्तर्राष्ट्रिय हिममूर्ति प्रदर्शनीका लागि कलाकारहरू हिउ“मा विशाल मर्ूर्ति कु“द्दै । बिदा मनाउने स्थानका रूपमा विश्वमा सबैभन्दा अगाडि रहेको पन्सलाई सन् २०२० सम्ममा उछिन्ने सम्भावित देशका रूपमा उदय भइरहेको चीनमा सन् २००६ मा ४ करोड ९६ लाख विदेशी पर्यटक आएका थिए । तस्वीर ः एएफपी/रासस

May 15, 2009 Posted by | Extra | Leave a comment

पिसाको टावर-कीर्तिमान बदलियो


पिसाको टावर-कीर्तिमान बदलियो

हामीले वर्षौँदेखि झुकेको टावरको रुपमा पिसालाई सुन्दै वा पढ्दै आइरहेका थियौँ तर अब यो टाइटल अब पिसासँग सुरक्षित रहेन । यो टाइटल जर्मनीस्थित एक चर्चले उसबाट खोसिसकेको गिनिज बुक अफ वर्ल्ड रर्ेकर्डसले जनाएको छ ।

जर्मनीको सुर्हुसेन चर्च यस्तरी झुकेको छ कि त्यसले पिसालाई समेत फ्लप खुवाइदियो । गएको जुन महिनामा यो चर्चको झुकेको कुरालाई गिनिज बुकले प्रमाणित भएको पाएपछि पिसाको झुकाई वर्ल्ड रेकर्डबाट गायब भएको हो ।पिसाको झुकाई ३.९७ डिग्री मात्र रहेको छ भने यो चर्चको झुकाई ५.१७ डिग्री झुकेको पाइएको छ ।

तेह्रौँ शताब्दीमा बनाइएको यो चर्चको टावर ९० फिट अग्लो छ । यो टावर चाहिँ सन् १४५० मा थपिएको थियो ।यो टावरलाई काठको टेको लगाइएको छ । केही वर्षयता त्यहाँको चिसो माटोका कारण विस्तारै झुक्दै गइरहेको अध्ययनले बताएको छ ।

सन् १९८२ देखि यो झुक्न थालेको पाइएपछि स्थानीय जनता र स्थानीय सरकारी अधिकारीहरुले यसको झुकाई रोक्न अनेक प्रयत्न गरिरहेका थिए । र, सन् १९९६ देखि भने यो झुक्न छाडेको एनानोभा समाचारमा बताइएको छ ।

May 15, 2009 Posted by | Extra | Leave a comment

अब कुकुरको पनि बिमा


अब कुकुरको पनि बिमा

बैंकक/ नयाँ बिमा नीतिअनुसार अब पाल्तु कुकुर मरेको खण्डमा त्यसको मालिकले जीवन बिमाबापत रकम पाउनेछन् । गत वर्ष कुकुरको पनि जीवन बिमा गरिएपछि अहिलेसम्म झन्डै दुई हजार कुकुरलाई जीवन बिमा पोलिसी प्रदान गरिएको छ । स्थानीय रूपमै हुर्काइएको कुकुरको जीवन बिमाबापत अधिकतम् १० हजार भाटसम्म दिइनेछ भने विदेशी नश्लका कुकुरलाई बढीमा ५ लाख भाट -१५ हजार ८ सय ७० अमेरिकी डलर) सम्म प्रदान गरिनेछ ।

May 15, 2009 Posted by | Extra | Leave a comment