Ramkeshar’s World

A Complete Website

गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या


गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या रहेको छ चायाँ आउनको मुख्य कारणहरु भनेको रगत फोहर हुनु, ग्यास्टिक, छाला अधिक मात्रामा सुख्खा हुनु, छाला चिल्लो हुनु र घाममा धेरै हिंड्नु आदी हुन् गर्भावश्थामा चायाँ आउनुलाई सामान्य मानेता पनि नौ महिना सम्म बोकेर हिंड्न अप्ठ्यारो हुन्छ त्यसैले यस्ता चायाँलाई हटाउन हामीले घरेलु औषधी प्रयोग गर्न सक्दछौं यस्का लागि हामीले आफ्नो छाला को प्रकार बुझ्नु पर्दछ हाम्रो छाला चार प्रकारको हुन्छ
१) सुख्खा छाला
२) चिल्लो छाला
३) दुबै मिसिएको छाला र
४) सामान्य छाला

१) सुख्खा छालाको लागि प्याक बनाउन चाहिने सामाग्रीहरु निम्न प्रकार छन – आधा चम्चा चिनी – दुई ठूलो चम्चा पानी – अण्डाको पहेंलो भाग – आधा चम्चा कागतीको रस
लगाउने तरिका चिनी र पानी तताएर एक आपसमा मिसाउने र मिसिए पछी अण्डाको पहेंलो भाग फेट्ने त्यसमा कागती पानी राखेर फेरी फेट्ने र २० मिनेट सम्म अनुहारमा लगाउने र सफा पानीले मुख धुने त्यस पछी भिटामिन ‘ ई ‘ भएको क्रिम लगाउने

२) चिल्लो छालको लागि प्याक बनाउन चाहिने सामाग्री – पातलो कपडा – आलुको भित्री भाग – तातो पानी- कपास
लगाउने तरिका :पहिले अनुहारमा बाफ लिने र कपासले सफा संग अनुहार पुछ्ने त्यसपछी आलुलाई पातलो कपडामा राखेर चायाँ भएको ठाउमा १० देखी १५ मिनेट सम्म सर्कल मसाज गर्ने

३) दुवै मिसिएको छालाको (चिल्लो तथा सुख्खा) लागि माथिकै सामाग्री प्रयोग गर्ने यदी तपाईंको छाला सुख्खा र चिल्लो दुवै खाले छ भने जहाँ चिल्लो छ त्यहा चिल्लो को फेस प्याक लगाउने र जहाँ सुख्खा छ त्यहा सुख्खाको फेस प्याक लगाउने

४) सामान्य छालाको लागि चाहिने सामाग्री :अण्डाको सेतो भागमा दुई चम्चा सख्खर राखेर फिट्ने र बदामको तेल दुई वा तीन थोपा हाल्ने त्यसपछी त्यो प्याक लाई अनुहारमा लगाएर सफा पानीले धुने अनुहार पखाली सके पछी मोइस्चराइजर क्रिम लगाउने तसर्थ घरमा नैं उपलब्ध सामाग्री प्रयोग गरेर हामीले गर्भावस्थामा आउने अनुहारको चायाँ बाट बन्चित हुन सक्छौं

Advertisements

April 21, 2010 Posted by | Health Tips | Leave a comment

Something About Erection


What causes an erection?

When you are sexually stimulated, your brain sends nerve signals to the penis, causing the muscles in the penis to relax and let blood flow into it. The penis becomes larger and firmer, like an inflated balloon. The veins in the penis are then closed off to trap the blood. After climax or after the sexual arousal has passed, the veins open up and blood flows back into the body.

What causes erectile dysfunction?

ED is most often caused by health problems that require treatment to help prevent more serious complications. Some of the problems that can cause ED are

  • high blood pressure
  • high cholesterol
  • diabetes
  • alcohol or drug abuse
  • some prescription drugs
  • unhealthy habits like smoking, overeating, and not exercising
  • treatments for prostate cancer
  • an injury or disease that affects the nerves

June 12, 2009 Posted by | Health Tips | Leave a comment

Question # 16


हृदयघात भएर मृत्यु भएको खबर सुन्दा शरीर नै जिरि· गर्छ । त्यसैले कस्ता रोग वा लक्षण भएका व्यक्तिलाई हृदयघात हुन सक्छ ?

आजको एक्काइसौं शताब्दीको नम्बर एक मृत्युको कारण हृदयघात नै छ । तर्सथ हृदयघात बढी हुने सम्भावना भएका भन्नाले चिनीरोग भएका, उच्च रक्तचाप भएका, धूमपान गर्ने, अल्छी, उच्च तौल भएका तर उपचार नगरेका तथा नकारात्मक सोच, रिस, घमण्ड धेरै भएकाहरु पर्दछन् । यस्ता समस्याहरु जुन परिवर्तनीय कारक तत्त्व भनेर बुझिन्छ, नियन्त्रण गर्न  सकेमा त्यो सम्भावना घटेर जान्छ । लक्षणको कुरा गर्दा देब्रेपट्टकिो छातीमा पीडा र अति गहिरो तथा कडा दुखाइ हुन्छ, त्यो दुखाइ देब्रे कुम, देब्रे ब·ारा, देब्रे हात र देब्रे हातको औंलासम्म र्सन सक्छ । आजको विषम जीवनशैली तथा तनावपूर्ण जीवनमा हृदयघातको भागिदार जो पनि हुन सक्छ ।

May 22, 2009 Posted by | Health Tips | Leave a comment

Question # 15


शारीरिक व्यायाम गर्नेहरुले सेटअप, ह्याबिङ मात्र नगरी कटअप निकाल्न जिमखाना जाने गरेको पाइन्छ । व्यायाममा योग पनि पर्न आउने हुँदा म १९ वषर्ीय युवकले कस्तो व्यायाम गर्नु उपयुक्त होला ?

यो उमेरले योचाहिँ कसरत गर्ने, योचाहिँ नगर्ने भन्नुभन्दा पनि आफ्नो शारीरिक शक्ति र आफूलाई मनपर्ने जुनसुकै व्यायाम गरे पनि हुन्छ । कमसेकम दिनमा आधादेखि एक घण्टासम्म पसिना आउने गरी नियमित व्यायाम गर्नु राम्रो हुन्छ । जसमा खेल्ने, दौडने, पौडिने जे गरे पनि हुन्छ । त्यो नै उत्तम हुन्छ । यसका अलावा योग र ध्यान थपेमा स्व्ाास्थ्यमा थप फाइदा हुने कुरा स्पष्ट गर्न चाहन्छु ।

May 22, 2009 Posted by | Health Tips | Leave a comment

महिलाहरुमा पिसाब चुहिने समस्या


प्रा. डा. अर्जुनदेव भट्ट (वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट)

पिसाब चुहिने समस्या धेरै महिलामा हुन्छ । विभिन्न तथ्यांकअनुसार २० वर्षनाघेका महिलामध्ये करिब २५ प्रतिशतलाई यो समस्या देखा पर्छ । नेपाली महिलामा यो समस्या कुन स्थितिमा छ, त्यसको यकिन आंकडा छैन । तर यो समस्याले धेरै महिलाहरु ग्रस्त छन् र उनीहरुले उचित निदान र उपचारको कमीले गर्दा ठूलो सामाजिक एवम् शारीरिक कष्ट भोग्नुपरेको पाइएको छ ।

खास गरेर महिलामा हुने पिसाब चुहिने समस्यालाई महिला आफैंले र समाजले पनि खुलारुपबाट प्रकाशमा ल्याउन नहुने विषय सम्भिmनाले पनि यो समस्या झन् जटिल हुन पुगेको छ ।

पिसाब चुहिनाको कारण सधैँ एउटै हुँदैन र सबै प्रकारको पिसाब चुहिने अवस्थालाई एकै तरिकाले उपचार गर्न मिल्दैन । त्यसैले यो रोगको उपचार गर्न र्सवप्रथम यसको निदान हुनर्ुपर्छ । पिसाब चुहिने रोगको ठीक निदान गर्न पिसाब चुहिने अवस्थाबारे राम्रो विश्लेषण हुनर्ुपर्छ । सामान्यतया पिसाब नफेरेको अवस्थामा मूत्रथैलीबाट पिसाब निष्कासन नली वा मूत्रथैलीमा भएको प्वालबाट बाहिरियो भने त्यसलाई पिसाब चुहिने रोग भनिन्छ ।

पिसाब किन चुहिन सक्छ ?

मूत्रथैली एउटा ज्यादै भरपर्दो मांसपेशीले बनेको अंग हो । यसले पिसाब सञ्चय गर्ने र आवश्यकताअनुसार   निष्कासन गर्ने गर्छ । जब पिसाब सञ्चय गर्ने कार्यमा मूत्रथैलीको वा त्यहाँ भएका स्नायुहरुको त्रुटिले वा मूत्र निष्कासन नलीको खराबीले पिसाब बाहिरिन पुग्छ, त्यस बेला पिसाब चुहिन्छ । मूत्रथैलीमा प्वाल परेमा पनि पिसाब चुहिन सक्छ । पिसाब विभिन्न अवस्थामा चुहिन सक्छ ।

चापसँग सम्बन्धित पिसाब चुहिने अवस्था

धेरै महिलाहरु खोक्दा, हाच्छ्यूँ गर्दा, केही भारी कुरा उठाउँदा, टुक्रुक्क बस्दा वा यौनसम्बन्ध गर्दा एक्कासि पिसाब चुहिएको अनुभव गर्छन् । जब महिलाको मूत्रथैलीको फेद तथा तल्लो पेटको समतल भाग बढी हल्लिन्छ, त्यस बेला यो समस्या देखा पर्छ । मूत्र निष्कासन नलीको मांसपेशी त्रुटिपूर्ण् भएको अवस्थामा पनि यो समस्या हुन्छ । खोक्दा, हाच्छ्यूँ गर्दा, भारी उठाउँदा वा यौनसम्बन्ध राख्दा एक्कासि पेटभित्र र मूत्रनलीभित्र चापमा वृद्धि हुन्छ । त्यसैले अस्थिर मांसपेशी भएको मूत्रथैली वा मूत्र निष्कासन नली हल्लिएर मूत्रद्वारको मुख खोलिदिन्छ र पिसाब चुहिन पुग्छ । करिब ५० प्रतिशत महिलामा पिसाब चुहिनाको कारण चापसँग सम्बन्धित नै हुन्छ ।

चापसँग सम्बन्धित पिसाब चुहिने अवस्थामा महिलाको मूत्रथैली पिसाबबाट पूरा भरिन पाउँदैन । पिसाबको थैलीमा थोरै पिसाब जम्मा हुनासाथ पिसाब फेर्ने इच्छा हुन्छ । यस्तो अवस्थामा महिलालाई एकदमै छिटो-छिटो पिसाब फेरिराख्ने बानी पर्न सक्छ । पिसाब चुहिएला भन्ने डरले पनि महिलालाई छिट्टै पिसाब फर्ेर्ने बानी भएको हुन सक्छ । यस किसिमको बानीले पछि गएर पिसाबथैलीमा थोरै मात्र पिसाब हुँदा पनि त्यसलाई ननिखारी नहुने इच्छा जागेर आउनेे बानी पर्छ । यस्तो अवस्थालाई पिसाब फर्ेर्ने झुट्टा प्रबल इच्छा संलक्षण  (Pseudo- Urgency Syndrome ) भनिन्छ ।  महिलामा चापसँग सम्बन्धित पिसाब चुहिने रोग लामो समयमा जटिल अवस्थामा प्रवेश गर्ने गर्छ । कुनै व्यक्तिमा कारणवश छिट्टै्र पनि विभिन्न जटिल अवस्थामा प्रवेश गर्ने गर्दछ ।

पिसाब फेन प्रबल इच्छा

पिसाब फर्ेर्ने इच्छा भएपछि एक्कासि पिसाब रोक्नै नसक्ने भएर जब पिसाब चुहिन थाल्छ, यो अवस्थालाई पिसाब फेन प्रबल इच्छा सम्बन्धित मूत्र चुहावटको नाम दिइएको छ । सामान्यतया पिसाबले ज्यादै च्यापे पनि  कहिलेकाहीँ पिसाब रोकेर केही समयपछि अनुकूल अवस्थामा पिसाब गरिन्छ । तर जब पिसाब फेन प्रबल इच्छासँग सम्बन्धित मूत्र चुहावट रोग हुन्छ, त्यस अवस्थामा पिसाब थाम्न जति प्रयत्न गरे पनि सम्भव हँुदैन । पिसाबको चुहावट एकदमै नियन्त्रणबाहिर पुग्छ । यस प्रकारको मूत्र चुहावटको समस्यामा पिसाब फर्ेर्ने प्रबल इच्छा यति छिटो पराकाष्ठामा पुग्छ कि च्यापेर बस्न सक्ने प्रश्नै उठ्दैन । पिसाब रोक्न नसक्ने महिलाहरुमध्ये  प्रायः १० देखि ३० प्रतिशतमा यो अवस्था देखा पर्छ ।

पिसाबथैली अति क्रियाशील (Over Active ) हुनु पनि यो अवस्थाको एउटा कारण हो । यस अवस्थामा सम्पूर्ण पिसाब छ्वाल्लै चुहिने वा दुइ सामान्य पिसाब फेराइको बीचमा पटक-पटक गरेर केही मात्र पिसाब चुहिएर जाने हुन सक्छ । बढी उमेर भएका महिलामा पिसाब थैली अति क्रियाशील हुने समस्या बढी हुन्छ । व्यग्र र आतड्ढति मानसिकता हुने महिलाहरुमा पिसाब फेन प्रबल इच्छा सम्बन्धित मूत्र चुहावट देखिने सम्भावना झनै बढी हुन्छ । त्यसैले मानसिक रोग विषेशज्ञसँग पनि परामर्श गर्नुुपर्ने अवस्था आउन सक्छ । मस्तिष्कको रसायन बनावट र त्यसको मात्राले पनि पिसाब थैलीमा मूत्र संकलनमा बाधा पुर्‍याउन सक्ने भएकाले यसतर्फपनि उपचारका क्रममा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

मिश्रति पिसाब चुहिने रोग

(Mixed Urinary Incontinence ) यो अवस्थामा महिलाको चापसँग सम्बन्धित र प्रबल इच्छासँग सम्बन्धित पिसाब चुहिने रोगको मिश्रति गुण र लक्षणहरु देखा पर्छन् । पिसाब चुहिने रोग भएका ३० देखि ४० प्रतिशत महिलामा मिश्रति पिसाब चुहिने कारण देखा पर्छ । त्यसैले यस्ता बिरामीहरु पिसाब चुहिँदा चापसँग सम्बन्धित र पिसाब फर्ेर्ने प्रबल इच्छासँग सम्बन्धित दुवै कुरासँग आफ्नो अवस्था भर परेको महसुस गर्छन् । तर सामान्य अवस्थामा पिसाब चुहिएकै भरमा कुन कारणले त्यसो हुन्छ, ठम्याउन गाह्रो पर्छ । पिसाब चुहिने अवस्थाको वास्तविक कारणबारे ठीकसँग जानकारी पाउन ँयुरोडाइनामिक्स’ को अध्ययन गर्नुपर्ने हुन्छ । त्यति हुँदाहुँदै पनि यो अवस्था केसँग बढी गाँसिएको छ, त्यसको ठोकुवा गर्न नसकिने हुन सक्छ ।

महिलामा देखिएको पिसाब चुहिने रोग मिश्रति कारणले हो भने यो अरु दुइ कारणले भन्दा बढी कडा हुन्छ । त्यसैले उनीहरु यो समस्याले अति दिक्क हुन्छन् र आफ्नो जीवनलाई गुणात्मक दृष्टिले उल्लेखनीय किसिमले कम स्तरको महसुस गर्छन् । तर यति हुँदाहुँदै पनि उपचारको हिसाबले यस्ता महिलाले कम वा बढी उपलब्धि पाउन सक्छन् भन्ने छैन । त्यसैले सबै उपचारका विधिहरुबाट उनीहरु पनि उत्तिकै फाइदा पाउन सक्छन् भनेर उपचार अपनाउनुपर्ने हुन सक्छ ।

महिलामा पिसाब चुहिने अवस्थाको जानकारी नै किन राख्नुपर्‍यो ?

पिसाब चुहिने रोग धेरै महिलामा पाइने भएकाले यो समस्यालाई बेवास्ता गर्दा लाखौं नेपाली महिलाको स्वास्थ्य र सामाजिक स्थिति कमजोर हुन सक्छ । कति प्रतिशत नेपाली महिलाले पिसाब चुहिने रोगको पीडा भोगिरहेका छन् भन्ने तथ्यांक नभए पनि  अन्तर्राष्ट्रिय तथ्यांकअनुसार विभिन्न देशमा झन्डै २५ देखि ५० प्रतिशतसम्म महिलामा पिसाब चुहिने समस्या हुने गरेको पाइन्छ । खास गरेर बढी उमेर भएका महिलाहरुमा यो समस्याको अनुपात धरै देखिन्छ ।

पिसाब चुहिने समस्यालाई बढाउने कारणमा कडा कसरत वा गाह्रो काम पनि हुन सक्छ । महिलाहरु कडा कसरत गर्दा वा दैनिक गाह्रो काम गर्दा पनि एक्कासि पिसाब चुहिएको महसुस गर्न सक्छन् । यस प्रकारको मूत्र चुहावट महिलाले कति बच्चा पाएकी छिन्, त्यसमा पनि भर पर्छ । बढी बच्चा पाउनेहरुमध्ये  धेरैलाई यो समस्या भएको पाइन्छ ।

पिसाब चुहिनुमा महिनावारी सुक्नु पनि एउटा कारण हो । तर नारी हर्मोनको प्रयोगबाट पिसाब चुहिनुमा कमी भएको भने पुष्टि हुन सकेको छैन । पिसाब चुहिनुमा ठूलो असर पार्ने अरु कारणमध्ये महिलाको शरीरको तौल हो । शरीरको उचाइसँग मेल खाने तौल भएका महिलाहरुमा पिसाब चुहिने रोग कम हुन्छ । तर शरीरको तौल बढी भएकाहरुमा पेटभित्रको चाप बढी हुने भएकाले उनीहरु पिसाब चुहिने अवस्थाबाट बढी ग्रस्त हुन्छन् । शरीरको तौल जस्तो भए पनि शल्यक्रियाबाट पाठेघर निकालेका महिलाहरु पिसाब चुहिने समस्याबाट बढी ग्रस्त हुन्छन् ।

अझै पनि कतिपयले खासगरी बच्चा पाएपछि पिसाब चुहिनु सामान्य कुरा हो भनेर लिने गरेको पाइन्छ । यो समस्याले गर्दा आफूलाई घरभित्रै सीमित राख्ने र शंकोचका कारण नातेदारलाई भेट्नसमेत जान मन नगर्नेहरु पनि छन्  । यो समस्यालाई उपचारबाट पूरै निको पार्न सकिन्छ भन्ने उनीहरु सोच्न पनि सक्दैनन् ।

पिसाब चुहिने समस्याको उपचार

समान्यतया पिसाब चुहिने समस्याको समाधान हुन्छ । जटिल किसिमको समस्यामा पूर्ण उपचार हुन नसके पनि धेरै हदसम्म उपचार गर्न सकिन्छ । यो रोगको उपचार गर्दा रोगको कारण के हो, सोहीअनुसार उपचार विधि अपनाउनुपर्ने हुन्छ ।

चाप सम्बन्धित पिसाब चुहिने अवस्थाको उपचार प्रायः शल्यक्रियाबाट गरिन्छ । यो उपचारको मुख्य उद्देश्य पिसाब थैलीको घाँटीलाई उपयुक्त ठाउँमा राख्नु र क्रियाशील मूत्र निष्कासन नलीको लम्बाइ बढाउनु हो । शल्य विधि प्रायः सफल हुन्छ र बिरामीले तुरुन्त उपलब्धि अनुभव गर्न सक्छ । यो उपचारले पिसाब चुहिनेमा रोक लगाउनुको साथै महिलालाई योनि, पिसाब थैली, मूत्र निष्कासन नली र मलद्वारमाथिको मोटो आन्द्रा झरेको अवस्थाले ल्याएको असुविधाबाट पनि मुक्त गर्दछ । शारीरिक तौल बढी हुने महिलाहरुले जीवनशैलीमा सुधार ल्याउनु तथा तौल घटाउन अनिवार्य हुन्छ ।

पिसाब फेर्न प्रबल इच्छा सम्बन्धित मूत्र चुहावटको उपचारमा मुख्य भूमिका औषधोपचारको रहन्छ । पिसाब थैलीको मांसपेशी आकुपञ्चनरोधक औषधि (Antispasmodic), एसिटिलकोलिनबाट सक्रिय हुने वस्तु प्रतिकूल औषधि र (Anticholinergic)  तीन चक्रीय आणविक संरचना भएको उदास पार्ने वस्तुविरुद्धको औषधि (Tricyclic antide- Prsssants )हरुको प्रयोगबाट धेरै महिलाहरु लाभान्वित हुन सक्छन् । वैकल्पिक चिकित्सा- आयर्ुर्वेद, योग इत्यादि पनि प्रयोग हुन सक्छ ।

मिश्रति पिसाब चुहिने रोगको उपचार पनि प्रायः मिश्रति नै हुन्छ । त्यसैले शल्यक्रियासँगै औषधि उपचारको प्रयोग आवश्यकता पर्ने गर्दछ । सामान्यतया मिश्रति कारणबाट पिसाब चुहिने बढी कडा रुपमा प्रस्तुत हुने गर्छ र उपचार पनि लामो हुन सक्छ । तर उपचारबाट शतप्रतिशत फाइदा नभए पनि जति प्रतिशत उपलब्धि भयो त्यसैलाई सकारात्मक दृष्टिले हर्ेन र ध्ैय लिन तयार हुनर्ुपर्छ । त्यसपछि फेरि अरु विधि र वैकल्पिक चिकित्साको खोज गररे बढी फाइदा पाउने प्रयत्न गर्नुपर्छ ।

Source: internet

May 22, 2009 Posted by | Health, Health Tips, Sex | Leave a comment

स्वस्थताका लागि कागती


स्वस्थताका लागि कागती

Lemonकागती उपचारमूलक प्रकृतिको भएकाले धेरै समयअघिदेखि विभिन्न प्रयोजनका लागि मानिसले यसको उपभोग गर्दै आएको पाइन्छ । कागतीको मूल उत्पादनस्थल यकिन नभए पनि भारत, उत्तरी बर्मा र चीनबाट यसको विस्तार भएको अनुमान छ । कागती थुप्रै रोगहरुको घरेलु उपचारको निम्ति प्रयोग गरिन्छ । कागतीमा पेट सफा गर्ने विशेष तत्त्व रहेकोले पेटको समस्या पर्दा प्रायजसो व्यक्तिले यसको सेवन गर्ने गरेको पाइन्छ ।

कागतीमा रोगप्रतिरोधात्मक प्रणालीलाई मजबुत पार्ने क्षमता हुन्छ । यसको जुस पिउनाले रुघा-खोकी लागेको समय शरीरलाई आराम मिल्छ । साथै अन्य संक्रमण हुनबाट यसले शरीरलाई बचाउँछ । यसमा ब्याक्टेरिया एवम् भाइरसविरुद्ध लड्ने क्षमता पनि हुन्छ । दिनहुँ तातो पानीसँग कागती सेवन गरेमा विभिन्न दृष्टिकोणबाट शरीरलाई लाभदायक हुन्छ ।

शारीरिक फाइदा

कागतीको रसले रगत सफा गर्न र शरीरबाट विषाक्त पदार्थ निष्कासन गर्न मद्दत पुर्‍याउँछ । कुनै पनि संक्रमणबाट हुने रोगहरुसँग लड्ने क्षमता कागतीमा हुन्छ ।

यिसमा अधिक मात्रामा पोटासियम हुने भएकोले मुटुसम्बन्धी समस्या भएकाहरुले यसको जुस पिउनु फाइदाजनक हुन्छ । एक चम्चा कागतीको रस आधा गिलास पानीमा मिलाई पिउनाले सामान्य मुटु पोल्नेमा पनि राहत  मिल्छ ।  कागतीमा पोटासियम पाइने हुनाले यसले मस्तिष्क र नसाका कोषहरुलाई पोषण दिने काम गर्छ ।

कागतीको रसबाट कलेजोले जति पाचन रस (Engymes) निर्माण गर्न सक्छ, अन्य खानाबाट त्यति पाचन रसको निर्माण सम्भव छैन । त्यसैले कलेजोको समस्या हुनेहरुले कागतीको सेवनबाट निकै फाइदा लिन सक्छन् । कलेजो खराब भएको खण्डमा हरेक बिहान खाना खानु एक घण्टाअघि तातो पानीमा कागतीको रस मिसाएर खाने गरेमा फाइदा हुन्छ ।

यिसमा क्याल्सियम भएकोले हड्डी बन्न मद्दत पुग्नुका साथै दाँत स्वस्थ राख्छ ।

किागतीमा क्याल्सियमसँग मिली घोलक तत्त्व बनाउने क्षमता भएकाले मिर्गौलाको पत्थरी भएको खण्डमा समेत यसको सेवन लाभदायक हुन्छ । मिर्गौलामा भएको पत्थरलाई पगाल्न सक्ने घोलक तत्त्व कागतीले निर्माण गर्न सक्छ । प्रायः क्याल्सियम अन्य तत्त्वसँग मिली कडा भएको खण्डमा मिर्गौलाको पत्थरी हुने गर्छ । यसकारण नियमित कागतीको उपभोगले यस्ता समस्याबाट जोगिन सकिन्छ ।

कागतीको रस जैतुनको तेल ( Olive Oil) मा मिलाई पिउनाले केही हदसम्म पित्तको पत्थर पगाल्न मद्दत पुग्छ ।

कागती प्रकृतिले दिएको आफैंमा एउटा प्रतिरक्षात्मक वस्तु हो । यसैले काटिएका सानातिना घाउमा कागती दल्ने चलन छ । घाउबाट रगत बगेमा कागतीको रस लगाएर पनि रगत थाम्ने गरिन्छ ।

घाँटी दुखेको समय पानीमा कागतीको रस केही थोपा राखी कुल्ला ९न्बचनभि० गर्नाले घाँटीलाई सन्चो हुन्छ ।

मिहिनावारीको समयमा अधिक रगत बगेमा एउटा कागतीको रस चिसो पानीमा मिलाएर सेवन गर्नुपर्छ । दिनको ३-४ पटकसम्म यसरी सेवन गर्नाले रगत बढी जाने समस्या नियन्त्रण हुन्छ ।

सकर्भी (Scurvy)  लागेको खण्डमा कागती र पानी मिलाएको जुस दुइ आउन्सका दरले ४-४ घण्टाको फरकमा पिउनाले यो समस्या बिस्तारै हराएर जान्छ ।

कागतीले मेटाबोलिजम (Metabolism) लाई

पनि फाइदा पुर्‍याउँछ । मेटाबोलिजम रेट राम्रो भएमा क्यालोरी अर्न्तर्दहन हुन मद्दत पुग्छ, जसले गर्दा मोटोपनको  नियन्त्रणमा  फाइदा पुग्छ ।

केही अध्ययनले देखाएअनुसार कागतीको तेलको बास्नाले शारीरिक थकान मेट्ने र उदासीपन, चिडचिडाहटलाई समेत नियन्त्रणमा राख्ने गर्छ ।

किागतीको सेवनले मधुमेह हुन नदिन पनि केही मात्रामा मद्दत गर्छ ।

सौर्न्दर्यका निम्ति लाभदायी

–   काटेको कागतीलाई मुखमा दल्ने र दुइ घण्टासम्म सुक्न दिएपछि मुख धुनाले अनुहारको चाउरीपन र काला धब्बाहरु हट्न सक्छ । मुख धोएपछि हल्का जैतुनको तेल (Olive Oil) मुखमा दलेमा अझ राम्रो हुन्छ । कागतीले नयाँ छाला बनाउने प्रविधिमा तीव्रता ल्याउँछ । अनुहारमा कागती दलेपछि घाममा भने बस्नुहुँदैन । यसरी घाममा बस्दा छाला खुइलिन सक्छ ।

–  कागतीले कपालको निम्ति राम्रो पोषण (Tonic) दिने काम गर्छ । कपाल धेरै तैलीय भएमा कागतीको रस राखेर मसाज गर्नाले तेल बनाउने ग्रन्थिलाई नियन्त्रणमा राखी कपाल स्वस्थ रहन मद्दत मिल्छ । कपालमा कागती दल्ने गरेमा यसबाट कपाल चाया (Dandruff) रहित भई चम्किलो पनि हुन्छ ।

–  कागती प्राकृतिक रुपमा गन्धनाशक वस्तु पनि हो । यसलाई दर्ुगन्धनाशक वस्तुको रुपमा प्रयोग गर्न सकिन्छ । शरीर गन्हाउने छ भने कागतीको रस दल्नाले केही समय गन्धहीन रहन सकिन्छ ।

– बैंक वा अन्य वित्तीय कारोबार हुने ठाउँमा आधी काटेको कागतीमा औंला भिजाउँदै रकम गन्ने गरेमा सजिलो हुन्छ । यसले म्वाइस्चराइजरको काम गर्छ ।

खाद्यपदार्थमा प्रयोग

–  माछालाई म्यारिनेट -केही समय मोलेर राख्ने) गर्ने समयमा कागतीको रस प्रयोग गर्नाले माछाको गन्धलाई निराकरण गर्छ ।

–    मासु पकाउनु केही समयअघि  मासुमा अन्य सामग्रीका साथ कागतीको रस केही बेर म्यारिनेट गर्नाले मासु नरम बनाउँछ । यसले गर्दा मासु चपाउन र पचाउन सरल हुन्छ ।

–  काटेको केही समयमै कालो हुने केरा, स्याउ, एभोकाडोजस्ता फलफूल काटेपछि माथिबाट कागतीको रस छरिदिनाले ती फलफूल केही समयसम्म कालो हुन पाउँदैनन् ।

–   कागतीको बोक्रालाई धूलो बनाई विभिन्न खानामा स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।

–  काटेको कागती पकाएको खाना र पेयपदार्थमा सजावट एवम् स्वादको निम्ति प्रयोग गर्न सकिन्छ ।

–   कागतीको अचार, तितौरा बनाएर पनि सेवन गर्न सकिन्छ ।

सरसफाइ र कीटाणु नष्ट गर्न उपयोगी

–  कागतीको रसले भान्सा सफा गर्दा त्यहाँको फोहोर र चिल्लो दागहरु सजिलै हटाउन सकिन्छ ।

–  कागतीको रसमा बेकिङ सोडा मिसाएर प्लास्टिक तथा तामाका भाँडा सफा गर्न र टल्काउन सकिन्छ ।

–   कागतीको रसले भाँडावर्तन वा कुनै पनि वस्तु सफा गर्नाले कीटाणु नष्ट हुन्छन् । साथै यसले सुगन्धित पनि बनाउँछ ।

–   कागती कीराविरुद्ध प्रयोग गरिने प्रकृतिले दिएको कीटनाशक वस्तु पनि हो, जसले लामखुट्टे र झिँगा भगाउन मद्दत गर्छ ।

–    बारुला तथा मौरीको टोकाइमा कागतीको रस दल्नाले दुखाइ कम हुन्छ ।

– दमका रोगीहरुका निम्ति पनि कागती फाइदाजनक छ ।

–  दाँत दुखेको र कीराले खाएको अवस्थामा दाँतमा कागतीको रस राख्नाले दुखाइ कम हुन्छ ।

कागतीमा पाइने पोषक तत्त्वहरु

भिटामिन ँबी’, थायमिन, राइबोफ्लाबिन, भिटामिन ँसी’, क्याल्सियम, फोस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन,क्यालोरी, पोटासियम, म्याग्नेसियम आदि ।

May 22, 2009 Posted by | Health, Health Tips | Leave a comment

जाडोको सहवास हितकारक


जाडोको सहवास हितकारक

जाडो याममा तेलले मालिस गर्नु, घाम ताप्नु, पान खानु, सिरक अर्थात् ओढ्ने ओढनु, तातो खानेकुरा भोजन गर्नु, तातो पानीको प्रयोग गर्नु र नारीका साथ रहनु सात चीज हितकर हुने कुरा आयुर्वेदमा बताइएको छ। भनिएको छ-

तैलातप ताम्बुलं तूलिका तप्त भोजनम्।
तप्तोदकं तरुणनारी शीते सप्त सुखावहाः।

जाडोमा घाम प्यारो हुन्छ। त्यसैले घाम ताप्दा शरीरमा जीवनशक्ति बढ्छ। यसबाट अन्य शारीरिक लाभ पनि प्राप्त गर्न सकिन्छ। त्यस्तै तेल मालिस गर्नु कपाल, छालाका लागि लाभदायक हुन्छ। यसले छाला मुलायम बनाई सर्दी घुस्नबाट बचाउनुका साथै खस्रो र फुट्नबाट रोक्ने काम गर्छ। मालिस र व्यायाम गर्नाले रक्तसञ्चालन राम्रोसँग हुन पाउँछ।

जाडोमा तातो पानीले नुहाउने गर्नुपर्छ। मनतातो पानी पिउँदा सर्दी लाग्न पाउँदैन। त्यस्तै तातो घरमा बस्नु, तातो खानेकुरा खानु, तातो ऊनी लुगा लगाउनु पनि जाडोबाट बच्ने उपाय हुन्। हेमन्त ऋतु अर्थात् मंसिर-पुसमा इच्छाअनुसार स्त्री-पुरुष सहवास गर्नु पनि हितकारक हुने कुरा आयुर्वेदमा उल्लेख गरिएको छ। जाडोमा वातवर्द्धक र थोरै खाना खानु, दिउँसो सुत्नु, परिश्रम नगर्नु, अति जाडो सहन खोज्नु, धेरै बेर भोकै रहनु आदि अपाच्य मानिन्छ। त्यसैले यसबाट बच्नुपर्छ। यी विधिको नियमपूर्वक पालन गरेमा जाडोयाम अर्थात् शीत ऋतुमा स्वस्थता प्राप्त गर्न सकिन्छ। बलवृद्धिका साथै रोगप्रतिरोधात्मक क्षमता बढ्छ। त्यसैले ऋतुचर्याको पालन गर्नु अत्यन्त उपयोगी मानिन्छ।

May 18, 2009 Posted by | Health, Health Tips | Leave a comment

यौनरोगः लाज मानेर निको हुँदैन


यौनरोगः लाज मानेर निको हुँदैन

स्वास्थ्य परीक्षण गर्न वीर अस्पतालको छाला, यौन तथा कुष्ठरोग विभागमा डाक्टरलाई भेटेको केही क्षणमै बिरामी हतास मनस्थितिमा पुगे। घाउहरु देखाएर लक्षण उल्लेख गर्दा सम्बन्धित डाक्टरले यौनरोग लागेको बताएपछि थचक्क कुर्सीमा बस्दै हतास मुद्रामा ती अधबैंसे बिरामीले सोधे- ँडाक्टर सा’ब, यो रोग निको हुँदैन त ?’ काठमाडौंमा विस्थापित जीवन बिताइरहेको बताउने ३८ वर्षीय ती अधबैंसे नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्- ँएकैछिन्को असावधानीले सारा सपना ध्वस्त भए।’ घरमा श्रीमती हुँदाहुँदै अन्यत्र गएर असुरक्षित यौनसम्पर्क गर्दा उनको शरीरमा हर्पिस सिम्प्लेक्स भाइरस टु नामक जीवाणु प्रवेश गरेको छ। करिब १२ वर्षअघि असुरक्षितरुपमा यौनसम्पर्क गरेको र त्यसको एक सातापछि नै पिसाब पोल्न थालेको उल्लेख गर्दै उनी थप्छन्- ँपानीको फोकाजस्ता स-साना घाउहरु आउन थाल्दा नै शंका त लाग्याथ्यो, तर केही समयपछि आफैं ठीक भएकोले त्यति वास्ता गरिएन।’

यौनांगको वरिपरि स-साना पानीफोकाजस्ता घाउहरु फुट्ने र चहर्‍याउँदाखेरि उनले औषधि पसलबाट किनेर मलहम लगाए तर जँचाएनन्। यसबारेमा उनी भन्छन्- ँएक त आफैंलाई लाज लाग्यो, फेरि कसैले देख्ने वा थाहा पाउने हुन् कि भन्ने डर पनि भयो।’

सम्बन्धित विशेषज्ञहरुका अनुसार उनलाई हर्पिस जेनिट्यालिस (Herpes Genitalis) नामक यौनरोगले सताइरहेको छ। यो रोग निको पार्ने औषधि हालसम्म बनेको छैन। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झा भन्नुहुन्छ- ँजतिसुकै औषधि गरे पनि यो पानीफोका यौनांगवरिपरि पटक-पटक आउँछ। विनाऔषधि फोका हराएर पनि जान सक्छ। तर केही समयपछि पुनः आइहाल्छ। यो यौनरोगले असाध्यै दुःख दिन्छ।’

यौन सङ्क्रमण भएको व्यक्तिसँगको असुरक्षित यौनसम्पर्कबाट सर्ने हर्पिस जेनिट्यालिस लगायतका दर्जनौं यौनरोगहरु महिला र पुरुष दुवैमा सङ्क्रमण हुने क्रम बढ्दो छ। जसमध्ये अधिकांश यौनरोगहरुको समयमै उपचार गरे पूर्णरुपले निको हुने सम्बन्धित चिकित्सकहरु बताउँछन्।

बढ्दै जोखिम

नेपाल मात्र नभएर विश्वमै जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा यौनरोगहरु देखापरेका छन्। विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वमा प्रत्येक वर्ष३५ करोडभन्दा बढी व्यक्तिलाई नयाँ यौनरोगको सङ्क्रमण हुने गरेको छ। जुन सङ्क्रमण नेपालजस्ता विकासोन्मुख देशहरुमा बढी हुने गरेको पाइएको छ। संगठनले गरेको अनुमानमा यौनरोगहरुमध्ये सबैभन्दा बढी ट्राइकोमोनियासिस (Trichomoniasis) बाट १९ करोड ३० लाख, क्लामाइडिया (Chlamydia) बाट ९ करोड ३० लाख, गोनोरिया (Gonorrhoea) बाट ६ करोड २० लाख र सिफिलिस (Syphilis) बाट १ करोड २० लाख मानिसहरु सङ्क्रमणमा पर्ने गरेका छन्। यी रोगहरु औषधि गर्दा पूर्ण निको हुन्छन्। हरेक १० जना यौनरोगीमध्ये ७ जना यौनरोगीहरु १५ देखि २४ वर्ष उमेर समूहमा पर्छन्।

असुरक्षित यौनसम्बन्धका कारण बढ्दै गएको यौनरोगबाट नेपालमा कति पीडित छन् भन्नेबारे आधिकारिक तथ्यांक छैन। बेलाबखत गरिएका अध्ययन-अनुसन्धानहरुमा पनि एकरुपता छैन। सरकारी तथ्यांकअनुसार सन् १९९८-९९ मा शून्य दशमलव ३४ (०.३४) प्रतिशतमा यौनरोग पाइएको थियो। यौनरोगीहरुलाई परामर्श र उपचार गर्दै आइरहेको स्याक्ट्स नामक संस्थाले सन् १९९९ मै काठमाडौंका ३ सय जना व्यावसायिक यौनकर्मीमा गरेको एक अध्ययनमा १९ दशमलव ३ प्रतिशतमा सिफलिस नामक यौनरोग लागेको पाइएको थियो। १७ दशमलव ३ प्रतिशतमा एचआईभी सङ्क्रमण भएको उल्लेख छ।

एकभन्दा बढी व्यक्तिसँग असुरक्षित यौनसम्पर्क राख्नेहरु नै यौनरोगको सङ्क्रमणमा पर्ने गरेको स्याक्ट्सकी कार्यक्रम संयोजक पूर्णदेवी मानन्धर बताउनुहुन्छ। सन् २००० मा स्याक्ट्सले यौनकर्मी र हाई-वेमा ट्रक चलाउने ड्राइभरहरुबीच गरेको सर्वेक्षणमा यौनकर्मीमध्ये ४ प्रतिशतमा एचआईभी र १ दशमलव ५ प्रतिशत ड्राइभरहरुमा पनि एचआईभी पाइएको थियो। त्यस्तै बसाइँ सराइ गरेका वा विस्थापित परिवारमा पनि यौनरोग देखापरेको छ।

कैलाली जिल्लाको धनगढीमा बसाइँ सराइ गरेका तथा त्यहीँ बस्दै आएका पुरुषहरुबीचको सर्वेक्षणमा शून्य दशमलव ३ प्रतिशतलाई एचआईभी भएको देखिएको छ। सन् २००२ मा गरिएको यस सर्वेक्षणमा सहभागीमध्ये शून्य दशमलव ५ प्रतिशतमा सिफलिस पाइएको थियो। त्यस्तै पोखरामा पनि एचआईभी, सिफलिस, जीएनआईडीजस्ता यौनरोगबाट प्रभावित हुनेहरुको संख्या बढ्दो छ। सन् २००३ मा पोखरामा ३ सय जना दुर्व्यसनीहरुभध्ये २२ प्रतिशतमा एचआईभी, ८ प्रतिशतमा सिफलिस र १२ प्रतिशतमा जीएनआईडी पाइएको थियो। त्यस्तै सन् २००४ मा काठमाडौंका यौनकर्मीहरुबीचको सर्वेक्षणमा २ प्रतिशतमा एचआईभी र ३४ प्रतिशतमा सिफलिस देखा परेको तथ्यले पनि यौनरोगको भयावहलाई देखाउँछ।

स्वच्छन्द यौन क्रियाकलापले यौनरोग फैलाउन बढावा दिएको छ। युनिसेफले नेपालका टिनएजर्सहरुबीच सन् २००१ मा गरेको एक अध्ययनमा २० प्रतिशत किशोरकिशोरीहरुले विवाहपूर्वको यौनसम्पर्कलाई ठीक भएको बताएका छन्। ५ जना केटाहरुमा १ जना र १० जना केटीहरुमा १ जनाले यौनसम्बन्ध राखेको पाइएको छ। यौनसम्बन्ध असुरक्षित किसिमबाट समेत हुने गरेको छ। असुरक्षित यौनसम्पर्कबाट १४ प्रतिशत किशोरीहरु गर्भवती भएको र १३ प्रतिशत यौनरोगी भएको पाइएको छ। त्यस्तै यौनसम्पर्कबाटै २२ प्रतिशत केटाहरुमा यौनरोग सरेको पाइएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार भारतमा काम गर्न गएका कतिपय पुरुष एवम् महिला एचआईभीलगायतका यौनरोगहरुबाट पीडित भई घर फर्कने गरेका छन्। डा. चन्द भन्नुहुन्छ- ँघरमा आएपछि असुरक्षित यौनसम्पर्क गरेर रोगलाई सार्ने काम भइरहेको छ।’ भारतमा २० लाख यौन व्यवसायी छन्। जसमध्ये २५ देखि ३० प्रतिशत किशोरीहरु भएको अनुमान गरिएको छ। जहाँ नेपाली पुरुषहरु पनि जाने गरेका छन्। हरेक वर्ष ५ देखि १० हजार नेपाली महिलाहरु भारतको यौनबजारमा बेचिने गरेका छन्। मुर्म्बईबाट नेपाल आएका नेपाली महिला यौन व्यवसायीमध्ये ५० प्रतिशतमा एचआईभीलगायत अन्य यौनरोगको सङ्क्रमण दखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

चेतनाको अभाव, सामाजिक हेयको भावना, संकुचित मानसिकताका कारण कतिपय यौनरोगीहरु जँचाउनसमेत जाँदैनन्। यस कार्यले पनि यौनरोग झन्-झन् भयावह बन्दै गएको विज्ञहरु बताउँछन्।

यौना·मा सङ्क्रमण

मुख्यतः असुरक्षित यौनसम्पर्कबाट यौनरोग सर्ने भए पनि कतिपय अन्य कारणबाट पनि सङ्क्रमणमा परेका छन्। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार सङ्क्रमित गर्भवती आमाबाट जन्मेको शिशु, निर्मलीकरण नगरिएको सुई तथा औजार, सङ्क्रमित रगत र रगतजन्य पदार्थहरुबाट पनि यौनरोग सर्न सक्छ।

नेपालमा विशेषगरी एचआईभी/एड्स सिफिलिस (भिरंगी), गोनोरिया (धातुरोग), हर्पिस जेनिट्यालिस, स्याङ्क्रवाइड, क्लामाइडिया, ट्राइकोमोनियासिस, भेनेरल वार्ट, ग्रानुलोमा इनग्विनेल लगायतका यौनरोग देखा परेका छन्। असुरक्षित यौनसम्पर्क गरेको ९ देखि ९० दिनभित्र यौना·मा सानो खटिरा आयो भने सिफिलिसको शंका गर्दा हुन्छ। डा. झा भन्नुहुन्छ- ँयो खटिरा केही समयपछि आफैं हराएर जान सक्छ तर कीटाणु भने रगतमा प्रवेश गरी भित्री शारीरिक अंगलाई असर गर्छ। रोग जटिल अवस्थामा पुग्यो भने शरीरको सम्पूर्ण अंगलाई क्षति पुर्‍याउँछ।’ घाउ नभए पनि कसै-कसैलाई रगतमा एकै पटक कीटाणु देखिन सक्छ। यो आमाबाट बच्चामा पनि सर्न सक्छ।

त्यस्तै असुरक्षित यौनसम्पर्क गरेको १० दिनभित्र यौना·बाट पीपजस्तो पदार्थ आउन थाल्यो भने गोनोरिया -धातुरोग) भएको हुन सक्छ। पिसाब फेरिरहन मन लाग्ने तर पोल्ने महसुस गर्नुभएको छ भने जँचाइहाल्नुस्, तत्कालै जाँच र उपचार गरे गोनोरिया निको हुने चिकित्सकहरु बताउँछन्। यौनसम्पर्क गरेको ७ देखि १० दिनभित्रै एकभन्दा बढी पिलोजस्ता खटिरा एकैचोटि आएको छ भने स्याङ्क्रवाइडले सङ्क्रमण गरेको हुन सक्छ। डा. झाका अनुसार सिफलिसमा पिलो दुख्दैन तर स्याङ्क्रवाइडयुक्त पिलो दुख्छ। समयमै उपचार गरे यो रोग पनि निको हुन्छ।

जतिसुकै औषधि गरे पनि निको नहुने हर्पिस जेनिट्यालिस भएको छ भने यौनांगको वरिपरि मसिना पानीफोकाहरु आउँछन्। विनाऔषधि फोकाहरु हराएर पनि जान सक्छन्। र, पुनः फोकाहरु आएर दुःख दिन्छन्। यसको कीटाणु रगतमा लुकेर बसेको हुन्छ। यो रोग लागेको महिला वा पुरुषसँग असुरक्षित यौनसम्पर्क गर्दा सजिलै रोग सर्ने डा. झा बताउनुहुन्छ।

महिलाहरुमा बढी हुने ट्राइकोमोनियासिस यौनसम्पर्क मात्र नभई यौनांग फोहोर भएर पनि हुन सक्छ। यो रोग लागेको बेला यौनांगबाट सेतो पानी आउने, यौनांगवरिपरि रातो बिमिरा आउने, यौनांग सुन्निने हुन्छ। त्यस्तै क्यान्डिडियासिस नामक रोग पनि असुरक्षित यौनसम्पर्क र फोहोरमैलाका कारण हुन्छ। यौनांग रातो हुने, यौनांगवरिपरि रातो बिमिराजस्ता लक्षणहरु देखा पर्छन्। डा. झा थप्नुहुन्छ- ँकीटाणु यौनांगमा छ भने एन्टिबायोटिक औषधि प्रयोग गर्दा यो रोग झन् बढ्न सक्छ।’

भारतीय सीमावर्ती क्षेत्र तथा तराईका बासिन्दामा बढी पाइने रोग ग्रानुलोमा इनग्विनेल भएको बेला यौनांगमा खटिरा आउने र सुन्निने हुन्छ।

पीडामाथि पीडा

यौनरोग सङ्क्रमितसँगको असुरक्षित यौनसम्पर्क वा अन्य कारणले रोग सरेका व्यक्तिहरुमा हीनताबोध र डरसँगै लाजले गर्दा जँचाउन जाने गरेको पाइँदैन।

यौनरोगीहरुलाई स्वेच्छिक परामर्श दिंदै आउनुभएकी पूर्णादेवी मानन्धर सामाजिकरुपमा हेय भावनाले हेरिने परम्पराले गर्दा उपचार गर्न हिचकिचाउने गरेको बताउनुहुन्छ। त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा चर्म तथा यौनरोग विभागका प्रमुखसमेत रहिसक्नुभएका वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झा पनि यौनरोगको शंका लाग्यो भने धेरै बिरामीहरु सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा जाने गरेको बताउनुहुन्छ। सरकारी अस्पतालमा जाने चर्मरोगीमध्ये १ देखि २ प्रतिशत मात्र यौनरोगी हुने गरेका छन्। तर निजी नर्सिङहोममा सम्पूर्ण चर्मरोगीमध्ये ३ देखि ४ प्रतिशत यौनरोगी रहने गरेको डा. झा उल्लेख गर्नुहुन्छ। उहाँका अनुसार सरकारी अस्पतालमा कसैले देखिहाल्ने पो हुन् कि भन्ने त्रास हुन्छ, त्यसैले धेरै बिरामीहरु गोपनियता खोज्दै निजी नर्सिङहोमतिर नै जान्छन्।

स्वास्थ्यकर्मी र बिरामीबीचको सुमधुर अन्तरक्रिया नै यौनरोगको उपचार सेवा र परामर्शका लागि महत्त्वपूर्ण हुन्छ। यौनरोग सेवा प्रदान गर्ने क्रममा अरुले संवाद नसुन्ने तथा परीक्षण गर्दा नदेख्ने गरी गोप्य हुनुपर्छ। तर सरकारी अस्पतालहरुमा यौनरोग सेवा दिने स्थल र विधिप्रति बिरामीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। वीर अस्पतालमा जँचाउन गएका एक बिरामीले दुखेसो पोख्दै भने- ँएक त हामी आफैंमा पनि हीनताबोध भइरहेको हुन्छ। त्यसमाथि डाक्टरहरुको व्यवहारले झन् पीडा थप्छ।’

सरकारी रणनीति

यौनरोगको सही निदान र अधिकांश यौनरोगको प्रभावकारी उपचार हुन्छ। तर सही ज्ञान पनि नहुँदा कतिपयले यौनरोग पालेर बसेका छन्। यौन तथा प्रजनन स्वास्थ्यबारे अभिभावकहरुलाई नै पर्याप्त जानकारी नभएको र यी विषयमा खुलेर कुराकानी गर्ने वातावरण अझै बनिसकेको छैन। सरकारी क्षेत्रबाट पनि पर्याप्त जनचेतना तथा उपचारका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्।

सन् १९९५ मा सम्पन्न चौथो अन्तर्राष्ट्रिय महिला भेलाले किशोर-किशोरीहरुलाई यौन था प्रजनन स्वास्थ्यसम्बन्धी सूचना सेवा प्राप्त गर्न पाउने अधिकारको ग्यारेन्टी र त्यसको संवर्द्धन गर्ने प्रस्तावमा नेपालले सहमति जनाएको थियो। त्यस्तै दशौं योजना (२०५९-०६४) मा किशोर-किशोरीहरुलाई प्रजनन स्वास्थ्यसम्बन्धी स्वास्थ्य शिक्षा र परामर्श सेवा दिने कार्यक्रम विस्तार गरिनेछ भनी उल्लेख छ। सन् १९९८ मा तयार गरिएको राष्ट्रिय प्रजनन स्वास्थ्य रणनीतिका आधारमा किशोर-किशोरीहरुको स्वास्थ्य र विकाससम्बन्धी रणनीति पनि बनेको छ। तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। नेपालमा कुल एचआईभी पोजेटिभ लगायतका यौनरोगमध्ये ९० प्रतिशतलाई असुरक्षित यौनसम्पर्कबाट भएको छ। जसमध्ये १५ प्रतिशतभन्दा बढी किशोर-किशोरीहरु रहेका छन्।

यौनरोगबारे स्वास्थ्य शिक्षा, परामर्श, सहज उपचार व्यवस्था बेलैमा गर्ने हो भने यौनरोग फैलनबाट रोक्न सकिन्छ। यसका साथै स्वयम् बिरामी पनि नलजाई समयमै जँचाएर उपचार गर्नतिर लाग्दा निको हुन सक्छ। अधिकांश यौनरोग बेलैमा उपचार गरे निको हुन्छ। उपचारमा ढिलाइ गरे बाँझोपन, गर्भपतन, शिशुमा अन्धोपन, पाठेघरबाहिर गर्भ रहने, पाठेघरको मुखको क्यान्सर र मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउँछन्।

May 16, 2009 Posted by | Health, Health Tips | Leave a comment

गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या


गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या

गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या रहेको छ चायाँ आउनको मुख्य कारणहरु भनेको रगत फोहर हुनु, ग्यास्टिक, छाला अधिक मात्रामा सुख्खा हुनु, छाला चिल्लो हुनु र घाममा धेरै हिंड्नु आदी हुन् गर्भावश्थामा चायाँ आउनुलाई सामान्य मानेता पनि नौ महिना सम्म बोकेर हिंड्न अप्ठ्यारो हुन्छ त्यसैले यस्ता चायाँलाई हटाउन हामीले घरेलु औषधी प्रयोग गर्न सक्दछौं यस्का लागि हामीले आफ्नो छाला को प्रकार बुझ्नु पर्दछहाम्रो छाला चार प्रकारको हुन्छ

१) सुख्खा छाला

२) चिल्लो छाला

३) दुबै मिसिएको छाला र

४) सामान्य छाला

१) सुख्खा छालाको लागि प्याक बनाउन चाहिने सामाग्रीहरु निम्न प्रकार छन – आधा चम्चा चिनी – दुई ठूलो चम्चा पानी – अण्डाको पहेंलो भाग – आधा चम्चा कागतीको रसलगाउने तरिका चिनी र पानी तताएर एक आपसमा मिसाउने र मिसिए पछी अण्डाको पहेंलो भाग फेट्ने त्यसमा कागती पानी राखेर फेरी फेट्ने र २० मिनेट सम्म अनुहारमा लगाउने र सफा पानीले मुख धुने त्यस पछी भिटामिन ‘ ई ‘ भएको क्रिम लगाउने

२) चिल्लो छालको लागि प्याक बनाउन चाहिने सामाग्री – पातलो कपडा – आलुको भित्री भाग – तातो पानी- कपासलगाउने तरिका :पहिले अनुहारमा बाफ लिने र कपासले सफा संग अनुहार पुछ्ने त्यसपछी आलुलाई पातलो कपडामा राखेर चायाँ भएको ठाउमा १० देखी १५ मिनेट सम्म सर्कल मसाज गर्ने

३) दुवै मिसिएको छालाको (चिल्लो तथा सुख्खा) लागि माथिकै सामाग्री प्रयोग गर्ने यदी तपाईंको छाला सुख्खा र चिल्लो दुवै खाले छ भने जहाँ चिल्लो छ त्यहा चिल्लो को फेस प्याक लगाउने र जहाँ सुख्खा छ त्यहा सुख्खाको फेस प्याक लगाउने

४) सामान्य छालाको लागि चाहिने सामाग्री :अण्डाको सेतो भागमा दुई चम्चा सख्खर राखेर फिट्ने र बदामको तेल दुई वा तीन थोपा हाल्ने त्यसपछी त्यो प्याक लाई अनुहारमा लगाएर सफा पानीले धुने अनुहार पखाली सके पछी मोइस्चराइजर क्रिम लगाउने तसर्थ घरमा नैं उपलब्ध सामाग्री प्रयोग गरेर हामीले गर्भावस्थामा आउने अनुहारको चायाँ बाट बन्चित हुन सक्छौं

May 16, 2009 Posted by | Health, Health Tips | Leave a comment